भ्रष्ट्राचार बिरुद्ध ओलीको शुन्य सहनशिलता: लगानी बोर्डमा बिचौलियाको नियुक्ति
नेपालबहस संवाददाता
साउन २१, २०७७ बिहिबार ०:१७:८
२१ साउन, काठमाडौं । गएको एक सातायता नेपालबाट प्रकाशन हुने मूलधारका प्रमुख सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचार भाइरल भयो– ओली सरकारले राष्ट्रिय लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी पदमा एकजना नामूद बिचौलियालाई नियुक्त गर्दैछ ।
साथै, यस्तो निर्णय नहोस् भनेर खबरदारीसमेत गरिएको थियो । तर राजाको अगाडि बाबाको दुहाई भने जस्तो केपी ओलीका लागि यस्तो खबरदारीको कुनै अर्थ थिएन । त्यसैपनि ओली सञ्चारमाध्यम र सामाजिक सञ्जालप्रति उदार छैनन् ।
नभन्दै विभिन्न अन्तराष्ट्रिय कम्पनीका स्थानीय एजेण्टका रुपमा चर्चित बिचौलिया सुशील भट्टलाई ओली सरकारले बोर्डको कार्यकारी प्रमुखमा नियुक्त गरिछाड्यो । बाहिर गरिएका हल्ला यथार्थमा परिणत भए ।
सदूर पश्चिमका भट्ट आफ्ना बिचाैलिया ठेकेदार भाई दीपकका साथ विदेशी कम्पनीका स्थानीय एजेण्ट हुन् । राजनीतिक प्रभाव भजाएर ठूल्ठूला आयोजना हत्याउने अनि कमिशनको खेलो सुरु गर्ने भट्ट दाजुभाईको पुरानो प्रवृत्ति हो । यति गर्नका लागि उनीहरुले राजनीतिक र प्रशासनिक क्षेत्रमा पैसाको खोलो बगाउने गर्छन् । त्यसैले उनीहरुले चाहेको काम सधैं हुने गरेको छ । त्यही प्रभावको प्रताप हो अहिलेको उनको नियुक्ति । भ्रष्ट्राचार बिरुद्ध ओलीको शुन्य सहनशिलताकाे फाेस्राे नारालाई यसले थप प्रष्टाएकाे छ ।
त्यसैले उनीहरुका बारेमा सार्वजनिक रुपमै खबरदारी गरिएको हो । तर ओली सरकारले त्यसलाई पूर्णत बेवास्ता गरेको छ । नामूद बिचौलियाको छवि बनाएका भट्टलाई सबैतिरबाट आलोचना हुँदासमेत ओलीले जबर्जस्ती नियुक्ति गर्नु भनेको लोकतन्त्र र सुशासनको धज्जी उडाउनु हो । साथै, लगानी बोर्डलाई अघोषित रुपमा कमिशनखोरको बिचौलिया बनाउनु हो ।
रमाइलो त के छ भने नवनियुक्त भट्टको योग्यता नै पुगेको छैन, तर ओलीले जबर्जस्ती नियुक्त गरेका छन् । सार्वजनिक निजी साझेदारी लगानी ऐन, २०७५ ले तोकेको अनुभव र योग्यता भट्टमा पुग्दैन । आमसञ्चारमाध्यमले यो विषय व्यापक रुपमा उठाए, आलोचना गरे । तर ओलीका अगाडि त्यस्तो आलोचना र खबरदारीको कुनै अर्थ रहेन । उल्टो उनी प्रशासनिक पदमा कसलाई नियुक्त गर्ने नगर्ने आफ्नो अधिकार भएको भन्दै भट्टको प्रशंसा गर्न हौसिएका छन् । हिजो मात्रै भट्टको नियुक्तिमा पार्टीको तर्फबाट अर्का अध्यक्षसमेत रहेका नेता पुष्पकमल दाहाल प्रचण्ड र अर्का वरिष्ठ नेता झलनाथ खनालले आपत्ति प्रकट गरेका थिए । उनीहरुलाई ओलीले त्यस्तो ओठे जवाफ दिएका हुन् ।
बोर्डमा आउन निवेदन दिनेहरुको योग्यता परीक्षणका लागि सरकारले त्यही संस्थाका पूर्व प्रमुखसमेत रहिसकेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा एउटा विज्ञ कमिटी गठन गरेको थियो । उक्त कमिटीले नै भट्टको अनुभवबारे प्रश्न गरेको थियो । तर ओलीले कसैको सुनेनन् । केवल भट्टलाई ल्याउनु थियो । ओलीले आफ्नो कार्यकारी अधिकार प्रयोग गरी भट्टलाई जबर्जस्ती नियुक्त गरे । यसले देशकै छवि धुमिल बनाएको छ ।
अब विदेशी कम्पनीले नेपाल सरकारसँग गर्ने डिल आफ्ना स्थानीय एजेण्टमार्फत गर्नेछन् । अर्थात भट्ट दाजुभाई । जसले गर्दा राष्ट्रिय स्वार्थ गौण र विदेशीको स्वार्थ प्रधान हुने निश्चित छ । । त्यसैले लगानी बोर्ड र देशकै गरिमा बढाउन अहिलेको निर्णय सच्चिनु आवश्यक छ । कार्यकारीले जर्वजस्ती गरे न्यायालयको ढोका घच्घच्याउनु सकिन्छ । सरोकारवालाको ध्यान आकृष्ट हुनु जरुरी छ ।
यति मात्र होइन ओली सरकारले भट्टको सार्वजनिक छविबारे कुनै ध्यानै दिएको छैन । सारा संसारले सरकारलाई ठग्ने बिचौलिया भन्दाभन्दै के आधारमा नियुक्त गरिएको हो त्यसको जवाफ ओलीले दिनु पर्ने कि नपर्ने ? अब सरकारले सुरु गरेका र गर्ने रणनीतिक महत्वका ड्रिम प्रोजेक्ट सहज ढंगले पार लाग्लान् त ? धेरैको प्रश्न यसैमा केन्द्रित छ । भट्टको उपस्थितिले बोर्डको भूमिका अझै विवादास्पद र कमिशनमुखी हुने बुझाई सरोकारवालाहरुको रहेको छ । रणनीतिक महत्वका ठूला आयोजना अब थप अन्योलग्रस्त हुने अवस्था निर्माण हुने छ ।
उनको बिगतको ट्रयाक रेकर्ड हेर्ने हो भने सरकारलाई अल्मल्याएर लागत बढाउने र कमिशन बढाउने मात्रै देखिन्छ । त्यसको पछिल्लो उदाहरण बुढी गण्डकी जलविद्युत् आयोजना हेरे पुग्छ । दुई वर्षदेखि भट्ट दाजुभाई एजेण्ट रहेको यो आयोजना अलपत्र छ । निर्माण लागत उकालो लागिरहेको छ । तर उनीहरु कारबाहीको दायरा बाहिर छन् । बरु उल्टो पुरष्कृत हुने हैसियतमा छन् । उनीहरुको पहुँच सबै राजनीतिक दलसँग उत्तिकै बलियो छ । त्यसैले जो सत्तामा आएपनि भट्ट दाजुभाई सधैं केन्द्रमा हुने गर्छन् र कारबाहीबाट सहजै उम्कने गरेका छन् ।
अहिलेको सत्ताधारी दल नेकपासँग त उनको नाता ज्यादै घनिष्ट देखिएको छ । त्यसैले प्रधानमन्त्री ओलीले उनलाई यति होल्डिङ्स र ओम्नी समूह जत्तिकै महत्व दिएका छन् । पर्यटन क्षेत्रमा ओलीको सर्वाधिक प्रिय यति होल्डिङ्स बनेको छ भने स्वास्थ्य र आइटी क्षेत्रका लागि उनले ओम्नीलाई सर्वस्व सुम्पिएका छन् । साथै, जलविद्युत् क्षेत्रका लागि भट्ट ब्रदर्शलाई सबै सुम्पन तयार देखिएका छन् ।
नेकपा भित्रको अन्तसंर्घषमा समेत भट्ट दाजुभाईले राम्रो खेलेका छन् । विगतमा नेकपा एमाले र माओवादीलाई आफूले नै मिलाएको उनीहरुको दाबी रहने गरेको छ । अहिलेको विवाद पनि मिलाउने विश्वास उनीहरुले ओलीलाई दिलाएका छन् । प्रचण्डलाई ओलीको प्रस्तावमा सहमत गराउने ठेक्का नै भट्ट दाजुभाईले लिएको चर्चा अहिले व्यापक छ । अब यसको असर पनि विस्तारै देखिएला नै ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार