लकडाउनमा एक चौथाइको जागिर चैट !
नेपालबहस संवाददाता
साउन २१, २०७७ बिहिबार २:१५:१३
२१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।
राष्ट्रिय आर्थिक गणनामा समेटिएका १८ उद्योग/व्यवसायमध्ये वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप बाहेककालाई १३ क्षेत्रमा एकत्रित गरी सर्वेक्षणमा समावेश गरिएको केन्द्रीय बैंकले जनाएको छ । गत जेठ २६ देखि असार १० गतेसम्म गरिएको सर्वेक्षणमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीको सहभागिता थियो ।
केन्द्रीय बैंकको अनुसन्धान विभागले गरेको सो सर्वेक्षणमा प्रदेश १ बाट सर्वाधिक २७ दशमलव ९, बाग्मती प्रदेशबाट २३ दशमलव ३, प्रदेश ५ बाट २०, गण्डकी प्रदेशबाट १२ दशमलव ८, सुदूरपश्चिम प्रदेशबाट ७ दशमलव ७, प्रदेश २ बाट ७ दशमलव १ र कर्णाली प्रदेशबाट १।२ प्रतिशत नमूना सङ्कलन गरिएको थियो ।
सर्वेक्षणमा बन्दाबन्दी अवधिमा विभिन्न क्षेत्रका उद्योग/व्यवसायको उत्पादन/कारोबारमा आएको कमी, रोजगारी कटौती, बन्दाबन्दीपछिको योजनालगायत विषयसँग सम्बन्धित तथ्याङ्क समावेश गरिएको छ । बन्दाबन्दी अवधिमा सर्वेक्षणमा संलग्न ३९ प्रतिशत उद्योग/व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योग/व्यवसाय पूर्णरुपमा बन्द रहेको पाइएको छ ।
सर्वेक्षणमा संलग्न उद्योग/व्यवसायले झण्डै एक चौथाइ कर्मचारी/कामदार कटौती गर्नुका साथै सोही अवधिमा औसतमा १८ दशमलव २ प्रतिशतले तलब कटौती गरेको पाइएको छ । बन्दाबन्दीको अवधिमा ९६ दशमलव ७ प्रतिशत उद्योग÷व्यवसायको उत्पादन ७३ दशमलव ८० प्रतिशतले घटेको छ ।
सर्वेक्षणमा सहभागी उद्योगी/व्यवसायीले व्याजदरमा सहुलियत, लचिलो किस्ता ब्याज र साँवा भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालु पूँजीका निम्ति थप ऋण सुविधा र ऋणको भाका सार्ने सुविधा माग गरेका प्रतिवेदनमा समेटिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार