आज जोर नम्बरका गाडीमात्र चलाउन पाइने

नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार १४:८:३१

२२ साउन, काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुन: कडिकडाउ गरेको छ । काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु भएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो । बुधवार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै गृहमन्त्रालयले बिहीवार आजदेखि लागु हुने गरि काठमाडौं उपत्यका र कोभिड-१९ को दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमितहरू भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरू जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने व्यवस्था गरेको छ ।
गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागु गरिएको छ । आज साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन् । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ ।
गृह मन्त्रालयले अत्यावश्यक ढुवानीबाहेकका गाडीहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश निषेध गरेको छ । साथै दुई सय जनाभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा पनि बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ ।
‘यस वर्गमा पर्ने जिल्लाका शहरी इलाकामा जिल्लाभित्रसमेत बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने,’ गृहले विज्ञप्ति मार्फत जनाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थ मन्त्रालयले बनायो बजेट लेख्ने टीम, संयोजकमा श्रीकृष्ण नेपाल
फागुन १५, २०८१ बिहिबार
सात महिनामा वीरगञ्ज नाकाबाट ४० अर्ब बढीको सामान निर्यात
फागुन १५, २०८१ बिहिबार
एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
आज फागुन शुक्ल प्रतिपदा: ग्याल्पो ल्होसार मनाइँदै
फागुन १५, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार