कृषि र पशुपक्षी सेवाका लागी अर्को जिल्ला जानुपर्ने बाध्यता हट्याे
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार १४:५४:३४
२२ साउन, कास्की । गण्डकी प्रदेश सरकारले जिल्लास्थित कृषि तथा पशुपंक्षी कार्यालयको सेवा ११ वटै जिल्लामा पु¥याउने भएको छ । कार्यालतका सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने हालको बाध्यतालाई अन्त्य गरी जिल्लाभित्रै सेवा प्रवाहको व्यवस्था गर्न कार्यालय नभएका जिल्लामा कार्यालय स्थापना गर्र्न लागिएको हो ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतका कृृषि ज्ञान केन्द्र थप पाँच जिल्लामा तथा भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र चार जिल्लामा विस्तार गर्र्ने तयारी गरिएको मन्त्री लेखबहादुर थापामगरले जानकारी दिए ।
उनका अनुसार हाल प्रदेशका छ वटा जिल्लामा कृषि ज्ञान केन्द्र रहेकामा विस्तार गरी नवलपुर, कास्की, बागलुङ, मनाङ र मुस्ताङमा कार्यालय स्थापना गरिनेछ । त्यसैगरी पर्वत, नवलपुर, मनाङ र मुस्ताङमा विज्ञकेन्द्र स्थापना हुनेछन् । हाल सात जिल्लामा विज्ञकेन्द्र छन् । सबै जिल्लामा कार्यालय नहुँदा एउटा कार्यालयले एकभन्दा बढी जिल्लासमेत हेर्नुपथ्र्यो ।
जिल्लास्थित कार्यालयको सेवा सबै जिल्लामा पु¥याउन हालको कर्मचारी दरबन्दीभित्रै रहेर सङ्गठन संरचना व्यवस्थापनको काम भइरहेको र केही थप कर्मचारी आवश्यक परेमा करारबाट नियुक्त गरिने उनले बताए । “हामीले सबै जिल्लामा कार्यालय स्थापनाका लागि सङ्गठन संरचना व्यवस्थापनको काम गरिरहेका छौँ, मन्त्रिपरिषद्बाट सङ्गठन व्यवस्थापन पारित भएपछि आगामी भदौ दोस्रो साताभित्रमा कार्यालय स्थापना गर्न शुरु गर्छौं, सकभर मौजुदा कर्मचारीबाट नै व्यवस्थापन गरिन्छ ।” उनले भने ।
प्रदेश लोकसेवा आयोग गठन भइनसकेकाले समेत आवश्यक कर्मचारी करार प्रक्रियाबाट नियुक्ति गरेर भए पनि कार्यालय विस्तारमा सरकार छ । कृषि मन्त्रालयअन्तर्गत हाल कृषि विकास निर्देशनालय , पशुपंक्षी विकास निर्देशनालय तथा अन्य २४ कार्यालय छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदै
जेठ १५, २०८१ मंगलबार
गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा, प्रदेशतर्फ मधेशमा धेरै
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
सैनिक मञ्च टुँडिखेलमा १७ औं गणतन्त्र दिवसको विशेष समारोह
जेठ १५, २०८१ मंगलबार
बजेटबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्
जेठ १५, २०८१ मंगलबार
साउदी लिगमा रोनाल्डोको किर्तिमान
जेठ १५, २०८१ मंगलबार
दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्दै उत्तर कोरिया
जेठ १५, २०८१ मंगलबार
विश्वकप वार्म-अप खेल : क्यानडासँग नेपाल पराजित
जेठ १५, २०८१ मंगलबार