शेयर बजारमा माग बृद्धि भएको संकेत, हतौडा मैनबत्तीको सङ्केत के हाे ?
आर्थिक संवाददाता
साउन २२, २०७७ बिहिबार २२:४०:३८
२२ साउन, काठमाडाैं । साताको अन्तिम कारोवार दिन आज शेयरबजार थोरै अंकले मात्र घटेको छ । बजार शुन्य दशमवल ०९ प्रतिशतले घटेको छ । आज १८६ कम्पनीको शेयर कारोवार हुँदा ९२ करोड ९ लाखको शेयर कारोवार भएको छ । कारोवार रकम भने १ अर्ब मुनि आएको छ।
आज बजारमा बिक्रीकर्ताको प्यानिक कम देखिएकाे छ । आजको कारोबारले बजारको अन्तिम समयमा केहि माग बढेको देखिन्छ । आजको बजार प्रवृत्तिले हतौडा मैनबत्तीको चित्र बनाएको देखिन्छ। यसले बजारमा विक्रेता कमजोर हँदै गएको जानकारी गराएको छ ।
नेप्से परिसूचकमा १ दशमलव २९ अंकको गिरावट आउँदै बजार १३८१ दशमलव ३७ को विन्दुमा बन्द भएको छ । बजार १३८७ को विन्दुमा खुलेको थियो भने ११ बजेर ६ मिनेटमा १३८८ को उच्च विन्दुसम्म पुगेको थियो । त्यस्तै १२ बजेर २ मिनेटमा १३६५ को न्यून विन्दुसम्म पुगेको थियो । बजार बन्द हुँदा केही समालिएर बजार बन्द भएको थियो।
आज नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक कारोवार भएको छ । नेपाल पुनर्बीमाको ११ करोड ८१ लाख बराबरको शेयर खरिद बिक्री भएको छ ।
गुराँस लघुवित्त, अजोड इन्स्योरेन्स, नेपाल फाईनान्स, ग्रीन डेभलप्मेण्ट बैंक र दिव्यश्वरी हाईड्रोपावर सर्वाधिक कमाउने ५ कम्पनी हुन भने सर्वाधिक गुमाउने ५ कम्पनीमा महिला सहयात्रा लघुवित्त, स्वाभिमान लघुवित्त, कालिका पावर, अपि पावर र हिमाल दोलखा पावर रहेका छन् ।
बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंक उपसुचकमा गिरावट आएको छ । आज होटल उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ भने ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक गिरावट आएको छ ।
प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १४०५ । प्रतिरोध १ः १३९० । टेवा १ः १३६५ । टेवा २ः १३५०
✍आजको कारोबारले बजारको अन्तिम समयमा केही माग बढेको देखिन्छ । आजको बजार प्रवृत्तिले हतौडा मैनबत्तीको चित्र बनाएको देखिन्छ। यसले बजारमा विक्रेता कमजोर हँदै गएको जानकारी गराएको छ ।
✍ दैनिकी अवधिमा “आरएसआई” ३९ दशमलब ९७ को बिन्दुमा छ । यसको प्रवृत्तिले बजार बढी हाल्ने जानकारी दिएको छैन ।
✍“एडीएक्स” र जोड /बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा बिक्रेताको चाप रहेको जानकारी दिएको छ।
✍“अन ब्यालेन्स भल्यूम” ले दिएको जानकारी प्रभावकारी देखिन्दैन । नेप्से बढेमा पहिलो प्रतिरोध १३९० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३६५ को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार