कांग्रेस नेता शाहीले दिए कमजोर आर्थिक अवस्थाका बिद्यार्थीलाई बर्षभरी पुग्ने शैक्षिक सामग्री
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार २३:५७:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/Bhupendra-jung-shahi_5VzZSbZWe7.jpg)
२२ साउन, कालिकोट । नेपाली कांग्रेसका युवा नेता एवं नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले कालीकोटका विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका शाहीले जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नं. २ सेरिज्यूलाका गोरख तिरुवालाई शैक्षिक सामग्री सहयोग गरेका हुन् ।
सान्नीत्रिवेणी गाँउपालिका वडा नं. २ स्थित शंकर मावि सेरीज्यूलामा कक्षा १० मा अध्ययनरत बिद्यार्थी तिरुवालाई बर्षभरी पुग्ने गरी कापी कलमसहित आर्थिक सहयोग गरिएको हो । योगा तथा जेम्नेष्टिक खेलाडी समेत रहेका तिरुवालाई पढाईमा निरन्तरता दिनका लागि आफुले व्यक्तिगत रुपमा सहयोग गरेको युवानेता शाहीले बताए । उनले भने, ‘आर्थिक अवस्था निकै कमजोर परिवारका गोरख बहुप्रतिभाशाली बिद्यार्थी रहेछन् । मैले उनको प्रतिभालाई निखार्दै पढाईलाई निरन्तरता दिनका लागि सहयोग गरेको हुँ ।’ उनले गाँउमा लुकेर रहेका प्रतिभावान बिद्यार्थीहरुलाई थप प्रेणा र उर्जा प्रदान गर्न सबैले सक्दो सहयोग गर्नुपर्ने बताए ।
नेता शाहीले आफुले दुई दुई पटक कालिकोटबाट संसदीय निर्वाचनमा पराजय भोगेपनि आफु सधैं कालीकोटबासीको दुख र पीडामा साथ दिदै आएको र भोलिका दिनमा पनि निरन्तर सहयोग दिने बताए । विगतदेखि नै राजनीति र सामाजिक सेवामा सक्रिय नेता शाहीले राजनीति भनेकै सामाजिक सेवा भएकाले त्यसप्रति सधैं लागिरहने बताए ।
कांग्रेस नेता शाहीद्धारा सहयोग गरिएका शैक्षिक सामग्रीहरु बुझ्दै गोरख तिरुवाले भने, ‘मलाई नियमित बिद्यालय जान शैक्षिक सामग्रीको अभावको समस्याले बारम्बार पीडा दिएको थियो । खाली झोला महिनौं बिद्यालय गएको छु । घरमा भन्दा मैले सहजै शैक्षिक सामग्रीको लागि आवश्यक रकम पाउदिन थिए । कसैको भारी बोकेर मैले आफ्नो खर्च व्यवस्थापन गर्नु पथ्र्यो । तर कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले आफुलाई बर्षभरी पुग्ने शैक्षिक सामग्री सहयोग गर्नुभयो । उहाँलाई धन्यवाद दिन्छु । मैले अब एसईईसम्म ढुक्कसँग बिद्यालय जाने भँए ।’
उनले आफुसँग भएको योगा सम्बन्धि ज्ञान र अन्य जेम्नेष्टिक, दौड जस्ता प्रतिभाले भविश्यमा योगा प्रशिक्षक वा चलचित्र क्षेत्रमा लाग्ने इच्छा रहेको बताए । शैक्षिक सामग्री सहयोग कार्यक्रममा नेपाली कांग्रेस कालिकोटका सहसचिव तथा प्रदेश सभापति दमनबहादुर शाही, नेबिसंघका कार्यवाहक अध्यक्ष जगत बिष्ट, कांग्रेस नेता बिस्नराज संज्याल, सन्तोष मल्ल लगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार