इनफ इज इनफका माग रकेट साइन्स हैन, सरकार यो विलम्ब किन ?
नेपालबहस संवाददाता
साउन २२, २०७७ शुक्रबार १:३०:७
२२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले इनफ इज इनफ अभियानको माग प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गरेर भए पनि सम्बोधन गर्नु पर्ने धारणा सार्वजनिक गरेका छन् ।
कोरोना महामारीको सन्दर्भमा युवा अभियानले उठान गरेको जनहित र जनस्वास्थ्यअुनकूल माग रकेट साइन्स नभए पनि, नेपाल सरकारले मागलाई निष्कर्ष दिन किन यत्रो विलम्ब गरेको भन्दै अध्यक्ष राणाले बिहीबार प्रश्न गरे, सरकारको आलोचना गरे ।
‘युवा अभियन्ता ईः बिना खाना पानी सत्याग्रहमा बसेको बीस दिन भयो । सरकारको आँखा, कान तर बन्द छ,’ अध्यक्ष राणाले ट्वीट गर्दै भने । ‘यस अघि प्रधानमन्त्री स्वयमले सत्याग्रहीलाई भेटेपछि वार्ता र सहमति भएको हो, यद्यपि संझौता पालना गरिएन । जनहित, जनस्वास्थ्य अुनकूल इनफ इज इनफका माग रकेट साइन्स हैन, सरकार यो विलम्ब किन ?’
शान्तिपूर्ण सत्याग्रहको सकरात्मक देन उजागर गर्दै उनले भने, ‘आशा, नैतिकता दुर्बल भएको समाजमा युवा अभियानले सत्य, जवाफदेहीता, प्रजातान्त्रिक आचारलाई मूलधार बनाएको छ । युवा उर्जा, सद्गुण मार्नुमा देशको प्रगति छैन, त्यो देशप्रेम होइन ।’
राणाले जोड दिँदै भने, ‘त्यसैले पछिल्लो समय झैं प्रधानमन्त्रीज्यूले हस्तक्षेप गरेरै निकास दिने बेला छ । ढिला नगरौं, युगले धिक्कार्ने छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार