अपाङ्ग योद्धा संगठनले कार्यविधिको विरोध गर्दै गृहमन्त्रीलाई बुझायाे ज्ञापन पत्र
नेपालबहस संवाददाता
साउन २२, २०७७ शुक्रबार १:५५:३८
◊ धीरुभाइ
२२ साउन सप्तरी । जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठनले जनक्रान्तिका घाइते अपाङ्गको अधिकार कटौती गरेको भन्दै प्रत्येक जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रीलाई बिहीबार ज्ञापन पत्र बुझाएको छ ।
संगठनका प्रदेश अध्यक्ष अरुणकुमार साह अनिलको अगुवाईमा बुझाइएको ज्ञापन पत्रमा जनयुद्धका क्रममा घाइते अपाङ्ग भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन गर्न बनेको कार्यविधि २०७४ को प्रथम संशोधन २०७६ ले घाइते अपाङ्ग भएकाहरुको प्रतिशत निर्धारण मापदण्ड नै राजनीतिक पूर्वाग्रही, विभेदकारी, हचुवा, अन्यापूर्ण र नियोजित रुपमा छुटाउने, हटाइदिने तरिकाको नीति भएको उल्लेख गरेको छ ।
कार्यविधिले घाइतेको प्रतिशत निर्धारण गर्ने जीवन निर्वाह भत्ता लगायतका सुविधाहरुको सुनिश्चितता गर्नुको सट्टा कटौती गरेको भन्दै संगठनले सो कार्यविधि पूर्ण रुपमा खारेजी गरेको बताइएको छ । सम्मानजनक र न्यापूर्ण रुपमा कार्यविधि निर्माण गर्न अधिकार सम्पन्न विशेष कार्यदल घाइते योद्धाको नेतृत्वमा गठन गर्न माग गरेको छ । उक्त मागलाई वेवास्ता गरिएमा आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई संगठनका शिवकुमार राम शिबु, मिना गौतम समिता, उमेशकुमार मण्डल, चन्देश्वर मण्डल, कलर इसर, विशेश्वर विश्वकर्माको उपस्थितिमा सो ज्ञापनपत्र बुझाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार