सुजुकी ब्राण्डका गाडी खरिद गर्दा एनआईसी एशिया बैंकले ऋण दिने

नेपालबहस संवाददाता
साउन २२, २०७७ शुक्रबार २:१७:४८

२२ साउन, काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूलनाराका साथ लाखौं ग्राहकहरूमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंक लिमिटेड र सुजुकी ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्प प्रा. लि. बीच बैंकलाई फाइनान्स पार्टनर बनाउने समझदारी भएको छ ।
उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा कम्पनीको तर्फबाट महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) सिरज पन्तले हस्ताक्षर गरेका छन् । उक्त ब्राण्डका चार पाङ्ग्रे सवारी साधन बिक्री गर्दा सिजी मोटोकर्प प्रा. लि. ले बैंकलाई फाइनान्स पार्टनर बनाउने र बैंकले सिजी मोटोकर्प प्रा. लि.का उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहजता प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ ।
बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत सुजुकी ब्राण्डका सवारी साधन ग्राहकहरूले खरिद गर्न सक्नेछन् । यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद चाहने ग्राहकहरूले लिन सक्ने बताइएको छ ।
बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकहरूलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ । सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम रू. २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ र बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी बैंक र सिजी मोटोकर्प प्रा. लि. बीच भएको छ ।
यो सुविधा सिजी मोटोकर्प प्रा. लि. का देशभर रहेका सम्पूर्ण डिलरहरूबाट ग्राहकहरूले लिन सक्ने समझदारीपत्रमा उल्लेख छ । यससँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा रियल इस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था बैंकले गरेकोे छ । बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बीचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ । एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको गरिएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिएका छन् ।
यस कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले बैंकले ‘सवारी कर्जा सहायता डेस्क’ स्थापना गरेको छ । यसका लागि सवारी खरिद गर्न चाहनेहरूले ९८४१७६३५८५ नम्बरमा सिधै फोन गर्न सक्नेछन् । यस बाहेक ३४४८८ मा Loan टाइप गरी एस एम एस (SMS) वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी थप जानकारी प्राप्त गर्न सकिनेछ । साथै बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ तथा इमेल ठेगाना [email protected] मार्फत समेत कर्जाबारे जानकारी लिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
टेस्लाको रोबो ट्याक्सी 'साइबरक्याब' सार्वजनिक, के के छन् विशेषता ?
असोज २६, २०८१ शनिबार
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि
असोज ९, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार