रिभर्स रिपोमार्फत फेरि २० अर्ब रूपियाँ तानिँदै
नेपालबहस संवाददाता
साउन २३, २०७७ शुक्रबार १३:३०:३२
२३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा तरलता थुप्रिँदै गएपछि साउन दोस्रो सातायताको अवधिमा दुईपटक गरी ४० अर्ब रुपियाँ खिच्दै छ । रिभर्स रिपोमार्फत एक साता अगाडि बैङ्कहरूबाट २० अर्ब रुपियाँ खिचिसकेको राष्ट्र बैङ्कले फेरि २० अर्ब रुपियाँ रकम खिच्न लागेको हो ।
सात दिन अवधि रहने रिभर्स रिपोमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले अक्सनमा भाग लिनसक्ने राष्ट्र बैङ्कले बिहीबार जारी गरेको सर्कुलरमा उल्लेख छ । आगामी सात दिनको अवधिको उक्त रिभर्स रिपो एक सातापछि अर्थात् साउन २९ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।
जारी गरिने रिभर्स रिपो लिन चाहने बैङ्कले बिहीबार दिउँसो २ः०० बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्नसक्ने व्यवस्था गरिएको थियो । यसअघि पनि बैङ्क तथा वित्तीय प्रणालीमा तरलता भएको भन्दै राष्ट्र बैङ्कले २० अर्ब रुपियाँ तानेको थियो । बैङ्कहरूमा दुई खर्ब रुपियाँभन्दा बढी तरलता थुप्रिएपछि राष्ट्र बैङ्कले रिभर्स रिपोमार्फत सो परिणामको रकम तान्न लागेको हो ।
एक सातामा परिपक्व हुनेगरी जारी गरिएको अघिल्लो रिभर्स रिपो साउन २२ गते बिहीबार परिपक्व भएको छ । बैङ्क तथा वित्तीय संस्थामा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैङ्कले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दै आएको छ । बजारमा तरलता अभाव भएका बेला पनि रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दै आएको राष्ट्र बैङ्कका प्रवक्ता डा। गुणाकर भट्टले बताए ।
हाल बैङ्किङ प्रणालीमा २१४ अर्ब रुपियाँ तरलता रहेको पनि उहाँले जानकारी दिए । राष्ट्र बैङ्कले गत साता जारी गरेको रिभर्स रिपो परिपक्व भएपछि पुनः जारी गर्न लागेको हो । साउन १५ गते पनि केन्द्रीय बैङ्कले सात दिन अवधिको २० अर्ब रुपियाँको रिभर्स रिपोमार्फत तरलता खिचेको थियो । उक्त रिभर्स रिपोको म्याद बिहीबार सकिएको हो । गोरखापत्रबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार