कोरोना फैलिन नदिन राजमार्गका होटलमा निगरानी

नेपालबहस संवाददाता
साउन २३, २०७७ शुक्रबार १५:२६:३६

२३ साउन, चितवन । इच्छाकामना गाउँपालिकाले कोरोना रोकथामका लागि गाउँपालिकाभित्र सञ्चालित व्यवसायहरुमा कडाइका साथ निगरानी गर्ने भएको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको अध्यक्षतामा बिहीबार बसेको कोरोना नियन्त्रण समितिको बैठकले गाउँपालिकाभित्र रहेका होटल, सवारी साधन, तरकारी सङ्कलन केन्द्र बजार तथा अन्य सञ्चालित व्यवसायले कोरोनाबाट जोगिन आवश्यक सुरक्षाका मापदण्ड लागू गरेको छ÷छैन भनी निगरानी राख्ने निर्णय गरेको छ ।
विशेष गरेर राजमार्ग क्षेत्रका होटलमा सामाजिक दूरी कायम गरेको छ कि छैन ? मास्क र स्यानिटाइजर प्रयोग गरेको छ कि छैन ? लगायतका विषयमा समितिले निगरानी राख्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए । काठमाडौँ भित्रिने मुख्य राजमार्गमा रहेका मुग्लिन, कुरिनटार, लेवाटार, चुम्लिङलगायतका बजार इच्छाकामना गाउँपालिकाभित्र पर्दछ ।
यी क्षेत्रमा राजधानी भित्रिने र बाहिरिने यात्रुका लागि सञ्चालित होटल बन्दाबन्दी खुलेसँगै सञ्चालनमा आएका कारण कोरोना सङ्क्रमणको उच्च जोखिम रहने उहाँको भनाइ छ । उनले भने, “विशेषगरी राजमार्ग क्षेत्रका होटल बन्दादन्दी खुलेसँगै सञ्चालनमा आएका छन्, तीन होटलमा सुरक्षाका उपाय अपनाएको छ कि छैन हामी निगरानी गर्नेछौँ ।”
बैठकको निर्णयानुसार अनिवार्य मास्क प्रयोग गरेर मात्र बाहिरी जिल्ला तथा अन्य पालिकाबाट गाउँपालिका प्रवेश गर्न पाइने छ । साथै उनले लकडाउन अवधिभर बन्द रहेका होटल व्यवसायीलाई घरभाडा छुट दिनका लागि उद्योग वाणिज्य सङ्घ तथा होटल व्यवसायी सङ्घको समन्वयमा घरधनीलाई आग्रह गर्ने निर्णय गरिएको पनि बताए । यातायात सञ्चलानका लागि चालक तथा यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र भीड नहुने गरी यात्रु बोक्न पाइने छैन ।
गाउँपालिकाभित्रका तरकारी उपज सङ्कलन केन्द्रहरुमा कोरोनाबाट जोगिनका लागि आवश्यक सुरक्षाका उपाय लागू गराउन समितिसमेत गठन गरेको छ । कृषि शाखा प्रमुख आनन्द घिमिरेको संयोजकत्वमा किसान, सहकारी सञ्चालक स्थानीय व्यपारी र स्थानीय सम्मिलित समिति गठन गरेको हो । साथै गाउँपालिका कार्यालयमा अतिआवश्यकबाहेकका सेवा एक बारमा एक वडालाई मात्र दिइने निर्णय गरिएको उनले बताए ।
अहिलेसम्म विदेश तथा बाहिरी जिल्लाबाट आएकालाई क्वारेन्टिनमा राखिएको र उनीहरु सबैको पिसिआर नेगेटिभ आएको उनले बताए । हालसम्म सुरक्षित रहेको गाउँपालिकामा कोरोना भित्रिन नदिन प्रत्येक वडामा जनप्रतिनिधि, टोल सुधार समिति, स्वाथ्य संस्थाका प्रतिनिधि, सुरक्षा निकायलगायत समेटिएर समिति गठन गरी काम गरिरहेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार
कांग्रेसको स्थानीय तह समन्वय विभागमा दश सदस्य थप
फागुन १२, २०८१ सोमबार
तरकारी ढुवानीमा महाशिला गाउँपालिकाको अनुदान, ४ महिनामै ८५ लाखको कारोबार
फागुन १२, २०८१ सोमबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार
कांग्रेसको स्थानीय तह समन्वय विभागमा दश सदस्य थप
फागुन १२, २०८१ सोमबार
तरकारी ढुवानीमा महाशिला गाउँपालिकाको अनुदान, ४ महिनामै ८५ लाखको कारोबार
फागुन १२, २०८१ सोमबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार