बुबा मिर्गौलापीडित, छोराको करेन्ट लागेर मृत्यु

नेपालबहस संवाददाता
साउन २३, २०७७ शुक्रबार १८:२५:२०

२३ साउन दमौली । साविक जामुने गाविसको गुणादी दभुङ घर भई हाल व्यास नगरपालिका–४ मा बस्दै आएका रामलाल श्रेष्ठको दुवै मिर्गौलाले काम गर्न छाडेको १८ महिना भयो । लामो समयसम्म शिक्षण पेशामा आबद्ध श्रेष्ठले त्यसयता नियमित डायलासिस गर्दै आएका छन् । केही समय पोखरामा डायलासिस गराएका श्रेष्ठले हाल दमौली अस्पतालमा हप्ताको दुई दिन डायलासिस गराइरहेका छन् ।
घरको मूल व्यक्ति नै मिर्गौलाको रोगी भएपछि श्रेष्ठ परिवारमा एक प्रकारको पीडा थियो । उपचारका लागि आर्थिक अभाव भएपछि श्रेष्ठ परिवारले सहयोगका लागि अपिल गरिरहेको थियो तर श्रेष्ठ परिवारमाथि अर्को ठूलो बज्रपात आइपरेको छ । रामलालका छोरा ३० वर्षीय सुवास श्रेष्ठको गत साउन २१ गते व्यास नगरपालिका–१ भादगाउँमा करेन्ट लागेर ज्यान गएको छ । वल्र्डलिङ्कमा विगत एक वर्षदेखि कार्यरत श्रेष्ठले कामकै शिलशिलामा करेन्ट लागेर ज्यान गुमाउनुप¥यो ।
मिर्गौलाले काम गर्न नसकेपछि शिक्षण पेशाबाट राजिनामा दिएर उपचार गर्दै आएका ५५ वर्षीय श्रेष्ठलाई आर्थिक अभावकै कारण आफ्नो उपचारका लागि समस्या भइरहेका बेला छोराको निधनले थप पीडा भएको उनलाई नजिकबाट चिन्ने सञ्चारकर्मी विवि श्रेष्ठले बताए । “श्रेष्ठको उपचारका लागि केही सहयोग गर्न सकिन्छ भनेर रकम सङ्कलन गर्न अभियान सञ्चालन गर्न लागेका थियौँ”, उनले भने, “तर एक्कासि एकदमै दुःखद् घटना घट्यो ।” रामलालका श्रीमती यशोदालाई श्रीमानको दुवै मिर्गौला फेल भएपछि पीडा त छँदै थियो छोराको निधनले थप पीडा दिएको छ ।
मेरुदण्ड भाँचिएकालाई रु तीन लाख
लडेर मेरुदण्ड भाँचिएका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका ७१ वर्षीय वृद्ध आमबहादुर गुरुङको उपचारका लागि रु तीन लाख ३७ हजार ६१२ सहयोग गरिएको छ । थप्रेक घर भई बेलायतमा बस्ने नेपाली र स्थानीयस्तरमा सङ्कलन गरिएको उक्त रकम वृद्धको उपचारका लागि सहयोग गरिएको हो ।
वृद्धको उपचारका लागि बेलायत बस्ने नेपालीले रु दुई लाख ५० हजार पठाएका छन् भने स्थानीयस्तरबाट रु ८७ हजार ६१२ सङ्कलन भएको थियो । वृद्धको उपचारमा सहयोगका लागि हाल बेलायतमा बस्दै आएका पूर्णवीर गुरुङले पहल गरेका थिए।उक्त रकम वृद्धका आफन्तलाई हस्तान्तरण गरिएको शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिए । वृद्धको पोखरास्थित हरियोखर्क अस्पतालमा उपचार भइरहेको छ ।
गुरुङ गत जेठ २९ गते घाँस काट्न जाने क्रममा बारीको कान्लाबाट लडेर घाइतेभएका थिए । हालसम्म अविवाहित गुरुङ भाइको घरमा बस्दै आएको छन् । घाइते गुरुङको तत्काल उपचारका लागि मणिपाल अस्पताल पोखरामा लगिएकामा मणिपालबाट थप उपचारको लागि ग्रान्डी अस्पताल काठमाडौं लगिएको थियो । ग्रान्डीमा केही दिन उपचारपश्चात् हरियोखर्क अस्पताल पोखरामा ल्याई उपचार गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रकको ठक्करबाट महिलाको मृत्यु
फागुन १५, २०८१ बिहिबार
मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
फागुन १५, २०८१ बिहिबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
बाँके निकुञ्जमा देखिन थाले पाटे बाघ
फागुन १५, २०८१ बिहिबार
काठमाडौं महानगरले दुई दिन शैक्षिक मेला आयोजना गर्दै
फागुन १५, २०८१ बिहिबार
बेलायतको विवादपछि के पाकिस्तानले एलोन मस्कसँग सम्झौता गर्न सक्छ ?
फागुन १५, २०८१ बिहिबार
दुई सिफ्टमा अपरेसन थाल्ने वीर अस्पतालको तयारी, प्रयोगशालाको क्षमता वृद्धि
फागुन १५, २०८१ बिहिबार
मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न मन्त्रालयको आग्रह
फागुन १५, २०८१ बिहिबार