मेलम्ची शिखरपुरका १५ घर जोखिममा
नेपालबहस संवाददाता
साउन २३, २०७७ शुक्रबार १९:१८:११
२३ साउन, सिन्धुपाल्चोक । अविरल वर्षाले मेलम्ची नगरपालिका–१० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीयवासी राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लीलानाथ दाहालका सहित १५ घरधुरी अविरल वर्षाका कारण उच्च जोखिममा परेको हो ।
स्थानीयवासी सोही ठाउँमै जोखिम मोलेर बसेको राजु दाहालले जानकारी दिए । उनले बस्ती नै उच्च जोखिममा परे पनि स्थानीय तहले कुनै चासो नदिएको भन्दै आवश्यक पहल गरिदिन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नगरपालिकासँग सम्पर्क गरेर त्रिपाल, त्रिपालजस्ता तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सकिने बताए ।
पहिराले गोठ पुरेपछि दुहुनो भैँसी सहयोग अविरल वर्षाका कारण गए राति आएको पहिराले दुई माउ भैँसीसहित गोरु पुरेपछि पीडितका आफन्तले नै सहयोग जुटाई दुई माउ भैँसी किनेर सहयोग गरेका छन् ।
यही साउन १८ गतेको वर्षाका कारण मेलम्ची नगरपालिका वडा नं १० काफ्लेखोला निवासी दीर्घबहादुर कार्कीको पहिराले गोठ पुरी गोठ र सम्पूर्ण भैंसी क्षति भएकाले २० जनाले रु पाँच हजारदेखि ३० हजारसम्म सहयोग सङ्कलन गरी रु दुई लाख ६५ हजारमा दुई माउ दुहुनो भैँसी नै खरीद गरी पीडित किसानको गोठमै लगेर बाँधिदिएको सहयोगी प्रकाश अधिकारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार