बामदेव गौतमको छेपारे प्रवृत्ति र ओलीको भ्रष्टाचारी बचाउ अभियान
नेपालबहस संवाददाता
साउन २३, २०७७ शुक्रबार २०:३६:३८
वर्तमान राजनीतिको बक्ररेखा यात्रालाई हेर्दा केही फरक प्रकृतिका अभियानहरु सञ्चालन गर्ने संकेतहरु देखिदैछ । खोलो धाउने कि तिर्खा धाउने भन्ने नेपाली उखानलाई अहिलेका राजनीतिक नेतृत्वका हस्तीहरुले उखान कै रुपमा परिभाषा परिवर्तन गर्लान कि भन्ने डर पनि लाग्न थालेको छ ।
राजनीतिक नेतृत्व देश बिकासका लागि हुँदै होईन, केवल सत्ता जोगाउन कार्ययोजना बनाउने, सत्ताको उपयोग गर्ने जनशक्ति ब्यवस्थापन गर्ने काममै नेतृत्व वर्गको सिंगो समय र दिमाग खर्च भैरहेको देखिन्छ । फरक विचार र फरक मार्गबाट एकाकार भएका समूहहरु कुनैपनि बेला छुट्टिन सक्छन, यो ध्रुवसत्य कुरा हो । कुखुरीको अण्डामा पनि चल्ला भरिएपछि अवश्यम्भावी फुटछ् । अण्डा फुट्यो भनेर दुःख मनाउ गर्नुको कुनै तुक हुदैन किनकी अण्डा नफुटी चल्ला पनि त निस्किदैन ।
वर्तमान नेपालको राजनीति नेतृत्व वर्गको घरानाबाट सञ्चालित भएको देखिन्छ । जनताका समस्या र अप्ठ्याराहरु, जनताले झेल्नु परेका कठिनाईहरु, सरकारले पुर्याउन सक्ने सहयोगहरुका बारेमा वर्तमान सरकारको ध्यान अब जान सक्दैन भन्ने कुरा भने पक्कापक्की भैसकेको छ । देशका जेट विमानका पाईलटहरुको कुर्सीदौडले कहिले भैसेपाटी पुर्याईरहेको छ त कहिले शितलनिवास । कहिले खुमलटार त कहिले बालुवाटार । कहिले कोटेश्वर हुँदै कहिले चिनियाँ दुताबाससम्मको ओहोरदोहोरले देशमा राजनीतिक दल र ती दललाई नेतृत्व गर्छु भन्ने बज्रस्वाँठहरुको हविगत र हैसियत दुवै उधाङ्गो पारिरहेको छ ।
देशका सम्माननीय प्रधानमन्त्रीले केहीसमय अगाडिसम्म अरिङ्गालहरुको झुण्ड पालेर राखेको र आवश्यक पर्दा तिनै अरिङ्गालहरुको प्रयोग गरेर आफ्नै दल र अन्य बिरोधीहरुको सत्यानास पार्ने अभियान चलाउँछन भनेर विभिन्न राजनीतिक नेतृत्वबाट संसद भवनसहित आम सूचनाका सामाग्रीहरुमार्फत सुन्न र पढन पाईए । तर वर्तमानको अवस्था हेर्दा प्रधानमन्त्रीले अरिङ्गगाल मात्र हैन स्याल, चील लगायत बिषालु गोमन सर्प समेत ठाउँठाउँमा छोडेको देख्न थालिएको छ । पाईल्यैपिच्छे ओछ्याईएका धरापहरु र छोडिएका बिषालु गोमनहरुको टोकाईबाट स्वयं नेकपाका कार्यकर्ता नै निस्किनै नसक्ने गरी जकडिएको आभाष हुन थालेको छ ।
भ्रष्टाचारी बचाउ अभियानका प्रणेता ओलीलाई देश विकास या विनाश कुनैपनि कुराले खासै प्रभाव पार्ने र दुःखी बनाउने देखिएन । बालुवाटार र शितलनिवासको यात्रामा अब केहीसमय भैसेपाटीसम्मको थप यात्रा भने तय गर्नुपर्ने अवस्था देखिदैछ । झण्डावाला गाडी नभई खाएकै नपच्ने र पदबिनाको रित्तो स्थानमा बस्नै नसक्नेहरुलाई साथमा लिएर हिडदाँ हुनसक्ने जोखिम, आईपर्न सक्ने अप्ठ्याराहरुको पुर्वानुमान गर्न नसक्ने नेतृत्व र बाटामा देखिएका खाल्डाखुल्डी समयमै पुर्न नसक्दाको प्रभाव बामदेवको यू–टर्नले देखाई दिएको छ । उधारो आश्वान खाएरै अघाउने नेकपाका नेता तथा तिनैलाई भोट दिने मतदातामा देखिएको अनौठो आशावादिताको यो भन्दा ठूलो उदाहरण अरु के नै पो हुनसक्छ र ?
विचार, सिद्धान्त र व्यवहारमा एकरुपता नभएका अवसरवादी नेताहरुबाट नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले मात्रै धोका पाएका भने किमार्थ होईनन् । प्रधानमन्त्रीको सौदाबाजीमा बामदेवले यसअघि पनि आप्mनो हैसियत देखाईसकेका छन् । सांसद नै नभईकन प्रधानमन्त्री बनाउनु पर्ने उधारो माग राख्न सक्ने गौतम जता पल्लाभारी हुन्छ उतैतिर ढल्कने अवसरवादी नेताका रुपमा देखिएका छन् । हिजो आफैले अब तपाई उमेरले पाको र रोगले ग्रस्त हुनुभएकोले बालकोट गएर आराम गरेर बस्नुस् भनेर थर्काउने गौतमले आज फेरी उनै ओलीलाई पुरा कार्यकाल प्रधानमन्त्री चलाउने र अध्यक्षबाट पनि नहटाउने प्रस्ताव कसरी ल्याउन सके ? प्रचण्ड, झलनाथ, नेपाललाई मात्र हैन स्वयं प्रधानमन्त्री केपी ओलीलाई पनि आठौं आश्चर्यको कुरा हुन पुगेको छ । हुन त श्रीमति र सासुका लागि आफ्नाे राजनीतिक ईतिहास नै तिलाञ्जली दिने हाम्रो देशको राजनीतिक नेतृत्वका लागि बामदेवको श्रीमति मोहलाई मात्र यहाँ जोडदा बेबुझको पढाई जस्तो मात्रै हुने देखिन्छ ।
केहीसमय अघिसम्म पार्टीको साख र ईज्जत जति सबै गिराएर दुवै अध्यक्षमा मनमुटाव र तिक्तताको वातावरण बनाएर बोलचालको अवस्था समेत बन्द गराउने बामदेवले आफुलाई महान एकतावादी देखाउन खेलेको केटाकेटी खेलको पर्दा पनि छिट्टै उघ्रिने छ । सधैं राजनीतिक माहौल धमिल्याउने र आफु त्यही धमिलो पानीमा माछा मार्ने सोच राख्ने भएकै कारण पनि उनलाई नेकपाकै अत्यधिक बहुमत मतदाता भएको बर्दियामा लोप्पा ख्याएका त हैनन् ? भनेर स्वयं नेकपा वृत्तबाट बहस हुन थालेको छ ।
हिजो ओलीको पेलानमा पर्दा प्रचण्डले गरेको गुन सर्लक्कै बिर्सिएर पार्टीको बिधानमा नै नभएको पार्टी उपाध्यक्ष बनाउँदाको अवस्थालाई कुल्चिएर, संगठन विभाग प्रमूख कसरी बनें भन्ने कुरालाई यत्ति छिट्टै तिलाञ्जली दिएर ओलीको पोल्टामा लुटपुटिदाको गौतमको लाचार अनुहार हेर्दा गौतमबाट ओलीले पनि वर्तमानको संकट टार्न बाहेक अरु कुनै आशा र भरपर्दो भरोशा गरेका नहुन सक्छन् भन्ने अडकल काटन सकिन्छ । राजनीतिक रणकौशलका अब्बल खेलाडि ओलीसँग पौठेजोरी खेलेर कहिल्यै पदप्राप्तिको लडाई नजितिने अवस्था बुझेर रुञ्चेहाँसो बटुल्दै ओलीको गोडा समाउन जानु स्वयं गौतमका लागि राजनीतिक क्षयिकरण भन्दा अरु केही हात नलाग्ने भने पक्का छ ।
ओली र दाहाल दुवै तर्फबाट तिस्कृत भएपछि मात्रै गौतम आप्mनो असलियतमा आउने स्पष्ट भैसकेको अवस्थामा प्रचण्डले अब पनि गौतमलाई काखी च्यापेर हिडिरहनुको कुनै तुक देखिदैन । राजनीतिमा कुनैपनि दलभित्र विचार र सिद्धान्तको लडाई हुनु स्वभाविक हो तर ओली र गौतममा फगत पद र कुर्सीको मात्र लालचा रहेको नेकपाभित्रको शक्ति संघर्षले देखाईरहेको छ । ओली सरकारको झण्डै ३ बर्षे कार्यकाललाई अध्ययन गर्दै ओली नेतृत्वको सरकारले सरकार सञ्चालन गरिरहने हो भने आम नेपाली जनताको जनजीविकाका सवालमा माखो नमार्ने अवस्था देखेपछि बाँकी रहेको समयमा केही गर्ने र जनताको मन जित्ने ध्याउन्नमा रहेका नेपाल, खनाल र दाहालहरुको योजनालाई तुहाउनका लागि मात्रै ओलीले गौतमको उपयोग गरेको भन्ने कुरा चाँहि अहिले आएर नेकपाको राजनीतिक परिदृश्यमा स्पष्टै रुपमा देखाएको छ । वास्तवमा नेकपालाई यो अवस्थामा ल्याईपुर्याउन दृश्यअदृश्य रुपमा गौतमकै महत्वपूर्ण हात छ । प्रचण्ड लगायत खनाल र नेपाललाई उक्स्याएर ओलीको कोपभाजनमा उत्रिएका गौतमको छेपारे प्रवृत्तिले नेकपाको भोलिको नेतृत्वमा गौतमको हैसियत भने क्लियर गरिदिएको छ ।
भैसी पालेर डमरु जन्माउन लागि परेका आम नेपालीलाई भैंसीले बाख्रो जन्माएको देखेपछि भने आफै रणभुल्लमा परेका छन् । सानो मान्छेबाट धेरै ठूलो आशा राख्नु नै आम नेपाली जनताको निरन्तरको भूल भैरहेको छ । कर्म नगर्ने फलको आशा मात्रै राख्ने वर्तमान नेपाली राजनीतिको पराकाष्ट टाकुरामा पुगिसकेको देखिदैछ । अब आफै तल झर्ने हो वा नेपाली जनताले घोक्रेठ्याक लगाएर भीरबाट उभिण्ड्याउने हुन ? त्यो भने हेर्न बाँकी नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार