होटल खुलेः पाहुना आएनन्
नेपालबहस संवाददाता
साउन २३, २०७७ शुक्रबार २०:१२:११
२३ साउन , गलकोट । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि तीन महिना लामो बन्दाबन्दीका कारण ठूलो मारमा परेका बागलुङका होटल व्यवसाय खुल्न थाले पनि सुनसान जस्ता देखिएका छन् । बन्दाबन्दीका कारण ठप्प बागलुङको होटल व्यवसाय सरकारको निर्णयसँगै यही साउन १५ देखि खुलाइए पनि व्यवसायी उत्साहित बन्न सकेका छैनन् ।
बन्दाबन्दी खुलेपछि केही चलायमान हुनेमा व्यवसायी आशावादी भए पनि कोरोना सङ्क्रमणको सन्त्रास यथावत् रहेका कारण होटल खुलाउने मात्रै काम भएको होटल व्यवसायीले गुनासो गरेका छन् ।पछिल्लो समय बागलुङमा विदेशी पर्यटकको समेत आकर्षण बढ्न थालेको थियो भने मुस्ताङ भ्रमणका लागि जाने आन्तरिक तथा भारतीय पर्यटक बागलुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकनका लागिसमेत आउन थालेका थिए । कोरोना भाइरसका कारण सबै गतिविधि ठप्प छन् ।
सरकारले न्यूनतम मापदण्ड पूरा गरी होटल खुलाउन भनेपछि होटल खुला गरेको भए पनि पाहुना नआएको शीतल पार्टी प्यालेसका सञ्चालक तालबहादुर कुँवरले बताए। “एक महिना घरभाँडासमेत छुट भयो, त्यसयता व्यवसाय ठप्प भएपछि भाँडा तिर्नसमेत समस्या भइरहेको छ”, उनले भने, “होटल खुलेर के गर्नु रु कोरोना जोखिम कम भएको छैन, विदेशी पाहुना आउन अन्तरराष्ट्रिय उडान ठप्प छन् ।”
होटल हिल भ्यूका सञ्चालक ललिता थापाले होटलको ढोका खोले पनि तत्कालै उत्साहजनक हिसाबले पाहुना आउने अवस्था नरहेको बताए । पर्यटनसँग आबद्ध व्यवसाय उठ्नै नसक्ने गरी थला पर्न थालेको पर्यटन व्यवासायीले गुनासो गर्दै आएका छन् । सामाजिक दूरी कायम गर्नुपर्ने र सुरक्षा मापदण्ड अपनाउनुपर्ने समयमा घुम्ने रहर भए पनि मनमै खुम्च्याउन पर्यटक बाध्य भएपछि पर्यटन व्यवसाय ठप्प प्रायः बनेको बागलुङ पर्यटन विकास समितका अध्यक्ष राजु खड्काले बताए ।
कोरोना सङ्क्रमणको समयमा होटल क्वारेन्टिन बनाएर जिल्ला सदरमुकामका होटलले केही विदेशबाट आएका पाहुना राखेभन्दा अरू पाहुना नआएको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार