बेरूत विस्फोटका कारण ८० हजार बालबालिका विस्थापित, मृतकाे सङ्ख्या १५४ पुग्यो
नेपालबहस संवाददाता
साउन २३, २०७७ शनिबार ०:१७:१३
२३ साउन एजेन्सी । गत मङ्गलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले शुक्रबार जनाएको छ ।
विस्फोटका कारण धेरै बालबालिकामा मनोवैज्ञानिक प्रभाव परेकोप्रति चिन्ता व्यक्त गर्दै पिडित बालबालिका तथा उनीहरूको परिवारलाई सहयोग पु¥याउने प्रयास भइरहेको यूनिसेफले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
“विगत ४८ घण्टादेखि यूनिसेफले लेबनानी अधिकारी तथा उद्धारमा खटिएका सहयोगी संस्थाहरूसँग सहकार्य गरी प्रभावित परिवारको आवश्यकता अनुसार सहयोग गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ ।
यूनिसेफले पिडित बालबालिका तथा उनीहरूका परिवारको स्वास्थ्य, खानेपानी तथा अन्य तत्काल आवश्यकताका विषयमा नजिक रहेर काम गरिरहेको यूनिसेफका लेवनानस्थित प्रतिनिधि भाएलेट स्पिक वार्नीले बताए ।
लेबनान विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म १५४ पुगेको लेवनानी स्वास्थ्य मन्त्री हमद हसनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार