बीपी साहित्य सम्मान नेपाललाई र बीपी सेनानी सम्मान दाहाललाई
नेपालबहस संवाददाता
साउन २३, २०७७ शनिबार १:२९:१९
२३ साउन, काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी यस वर्षको बीपी सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको सङ्घर्षमा महत्वपूर्ण योगदान पु¥याउनु हुने होमनाथ दाहाललाई प्रदान गर्ने निर्णय गरिएको छ ।
साहित्य सम्मान पुरस्कारको राशि रु एक लाख एक हजार र सेनानी सम्मान पुरस्कारको राशि रु ५१ हजार रहेको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजकत्वमा ट्रष्टका सदस्य डा ध्रुबचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सर्वसम्मतिबाट यो निर्णय गरेको हो ।
ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बिपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गदैं आएको छ । यी पुरस्कार आगामी भदौ २४ गते बीपी जयन्तीका अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए।
यसअघि विसं २०७१ मा बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व रत्नशम्शेर थापा र बीपी सेनानी सम्मान नूतन थपलियालाई, २०७२ सालमा साहित्य सम्मान साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व तारानाथ कोइरालालाई, २०७३ सालमा साहित्य सम्मान साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई प्रदान गरिएको थियो ।
यसैगरी २०७४ सालमा साहित्यतर्फ प्राडा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई, २०७५ सालमा साहित्यतर्फ रोचक घिमिरे र सेनानी सम्मान स्व चक्रप्रसाद बास्तोलालाई तथा २०७६ सालमा साहित्य सम्मान तिलबिक्रम नेवाङ ‘बैरागी काँहिला’ र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
पोखरामा अखण्डको उपन्यास ‘बोरा’ को परिचर्चा
साउन २७, २०८१ आइतबार
उपन्यास ‘फेरिल’ अर्थात् परिवर्तन लोकार्पण
साउन २१, २०८१ सोमबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
राज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
असोज १८, २०८१ शुक्रबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
असोज १८, २०८१ शुक्रबार
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
असोज १८, २०८१ शुक्रबार
बाढीपहिरोबाट क्षति भएका जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा
असोज १८, २०८१ शुक्रबार
ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ: पर्यटमन्त्री पाण्डे
असोज १८, २०८१ शुक्रबार
सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस
असोज १८, २०८१ शुक्रबार
सर्लाहीको झाझ खोलामा डुबेर बालकको मृत्यु
असोज १८, २०८१ शुक्रबार