अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गर : प्रवक्ता शर्मा
नेपालबहस संवाददाता
साउन २३, २०७७ शनिबार १:४६:४९
२३ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गर्दै अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत अनशनमा बसेको २० दिन पूरा भइसक्दा पनि ठोस संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गरी जीवनरक्षा गर्न अपिल गरे । साथै उनले कोरोनाविरुद्धको सङ्घर्षमा बढेको चुनौती सामना गर्ने ढङ्गले नवीन रणनीति एवं अपेक्षित गतिका साथ कार्य गर्न सरकारसँग मागसमेत गरे।
कोरोनाविरुद्धको सङ्घर्षमा युद्धस्तरमा कार्य गर्न कांग्रेसले शुरुआतदेखि नै विभिन्न सुझाव र मागअघि सार्दै आएको उल्लेख गर्दै उनले पर्याप्त स्वास्थ्य सामग्री व्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कारवाही, समुदायस्तरमा व्यापक पिसिआर परीक्षण, मापदण्डअनुसार क्वारेन्टाइन व्यवस्थापन, आइसोलेशन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक व्यवस्था, विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई निःशुल्क उद्धार, सीमानाकामा कडाइलगायतका माग पुनःदोहो¥याए ।
जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारी बोध र शासकीय क्षमता दुवै कुरा सरकारसँग नदेखिएको आरोप लगाउँदै उनले परिणाममा सरकारकाविरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शन हुनु स्वाभाविक भएको बताए । प्रवक्ता शर्माले विभिन्न माग राखेर राजधानीमै युवाहरू आमरण अनशनमा बसेका बताउँदै सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकार गरेको सम्झौता पालना गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार