लहानका कर्मचारीमा सङ्क्रमण पुष्टिपछि बैंक बन्द
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_DWPWCQ57jC.jpeg
)
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार १८:३३:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/bank-_iXnX1jrMwe.jpg)
२५ साउन, लहान । यहाँस्थित ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ ।
महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी त्यहाँ कार्यरत कर्मचारीलाई यहाँस्थित एक होटलमा क्वारेन्टाइनमा राखिएको लहान नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवले जानकारी दिए ।
रुघाखोकी र ज्वरोसहितको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको र उनी अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसन रहेको स्वास्थ्य शाखाप्रमुख यादवले बताए । सङ्क्रमित ती कर्मचारी केही दिनअघि लहानस्थित आन्तरिक राजश्व कार्यालयमा रहेको बैंकको काउन्टरमा बसेकाले आन्तरिक राजश्व कार्यालयका कर्मचारीलाई समेत क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।
बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि भएसँगै यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आजदेखि कार्यालयको सम्पूर्ण कार्य बन्द गरेको छ ।कार्यालय प्रमुख कमलबहादुर राजलवटले सूचना प्रकाशन गरी यो विषम परिस्थितिमा कार्यालयका कर्मचारीको पीसीआर परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट नआएसम्म कार्यालयको कामकाज बन्द गरिएको जानकारी दिएका छन् ।
यस्तै सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत एक सशस्त्र प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षकसहितका सशस्त्र प्रहरीलाई क्याम्पभित्रै क्वारेन्टिनमा राखिएको स्वास्थ्य प्रमुख यादवले बताए ।सङ्क्रमित बैंकका कर्मचारी तथा सशस्त्र प्रहरीको कन्ट्र्याक्टमा आएकाको पनि पहिचान गरी पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने तयारी भइरहेको स्वास्थ्य शाखाप्रमुख यादवले जानकारी दिए।
कोरोना सङ्क्रमतिको सङ्ख्या बढ्दै गएको भन्दै लहान नगरपालिका, गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म नगर क्षेत्रमा लकडाउन जारी राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
केयू उपकुलपतिका लागि सर्ट लिस्टमा परे १० जना प्राध्यापक (सूचीसहित)
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
बूढानीलकण्ठबाट अनलाइन जुवा कारोबारमा सम्लग्न रहेको आरोपमा २४ भारतीय पक्राउ
फागुन ६, २०८१ मंगलबार
केआईआईटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही
फागुन ६, २०८१ मंगलबार
‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार