हट्यो बागलुङ कारागारको समस्या
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार १९:२१:२१
२५ साउन, गलकोट । क्षमताभन्दा तीन गुणा कैदीबन्दी राख्दै आएको बागलुङ जिल्ला कारागारको समस्या समाधान हुने भएको छ । जिल्ला कारागारमा छुट्टै महिला बन्दी गृह निर्माण भएपछि लामो समयदेखि झेल्दै आएको कैदीबन्दीको समस्या समाधान हुने भएको हो । अहिले महिला कैदीबन्दी गृह निर्माणसम्पन्न भई हस्तान्तरणको चरणमा छ ।
निकै जीर्ण अवस्थामा रहेको जिल्ला कारागारको संरचनाले कैदीबन्दीलाई निकै समस्या भएकाले कारागारको थप क्षमता विस्तारका लागि महिला बन्दी गृह निर्माण गरिएको जिल्ला कारागारले जनाएको छ । महिला बन्दी गृहको काम निर्माणसम्पन्न भई हस्तान्तरणपश्चात् महिला बन्दीलाई स्थानान्तरण गरिनेछ । फागुनमा निर्माण शुरु भएको बन्दी गृह हालै मात्र सम्पन्न भएको जिल्ला कारागारका प्रमुख मोहन उपाध्यायले जानकारी दिए ।
केन्द्रीय कारागार व्यवस्थापन विभागले गत वर्ष विनियोजन गरेको रु एक करोडमध्ये रु ६७ लाखमा एमाह रक्षा बिल्डर्स प्रालिले ठेक्का सम्झौतामार्फत काम सम्पन्न गरेको हो । दुई वर्षअघि बागलुङ, पर्वत र म्याग्दीका कारागार समायोजन गरी बागलुङलाई महिला बन्दी गृह निर्माण गर्ने र अन्य जिल्लामा पुरुष कैदीबन्दी राख्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय केन्द्रीय कारागार व्यवस्थापन विभागमा पठाएपछि भवन निर्माणका लागि बजेट विनियोजन भएर आएको हो । दुई कोठा, दुई शौचालय, दुई स्नानघर र बाहिरी कम्पाउन्ड निर्माण गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
रामेछाप दुर्घटनामा वडा अध्यक्षसहित ५ जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
शिक्षकको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भीर
मंसिर १४, २०८१ शुक्रबार