अब बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आलोपालो काम
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार २२:१०:४२
२५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था कर्मचारीलाई घरबाटै काम गराउन र सिफ्टमा काम गराउन निर्देशन दिएको छ ।
कोरोनाका जोखिम र संक्रमणको मात्रामा वृद्धि भएको भन्दै केन्द्रीय बैंकले जोरबिजोर प्रणाली तथा सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सेवा प्रवाह गर्न भनेको हो । राष्ट्र बैंकले सेवा बिजनेस कन्टिन्युटी प्लान बनाउन समेत निर्देशन दिएको छ ।
कोभिड संक्रमणको सुरक्षा सम्बन्धी नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सेवा सञ्चालन गर्न केन्द्रीय बैंकले माताहतका निकायलाई अनुरोध गरेको हो ।
जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गदै सेवा निरन्तरताको योजना तयारी गरी कर्मचारीलाई आलोपालो उपस्थित भई काम गर्ने व्यवस्था गर्न तथा घरमै बसेर कार्यसम्पादन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले जारी गरिएको निर्देशनमा भनिएको छ ।
यस्तै बैंक तथा वीत्तीय संस्थाको प्रदेश तथा शाखा कार्यालयहरुले पनि न्युनतम् कर्मचारीहरुबाट वैकल्पिक रुपमा आलोपालो सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ ।
संक्रमण जोखिम बढिरहेकाले विद्युतीय माध्यमबाट हुने कारोवारलाई प्रोत्साहन गर्न पनि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार