अन्तिम समयमा लगानीकर्ता सकारात्मक हुँदा प्राविधिक विश्लेषणले के देखायो ?
आर्थिक संवाददाता
साउन २५, २०७७ आइतबार २२:२७:९
२५ साउन, काठमाडाैं । शेयरबजार सुरु हुँदा निकै आत्तिएका लगानीकर्ताहरु बजार बन्द हुने बेला भने निकै सकारात्म्नक हुँदै खरिद गरेको मनोविज्ञान आजको बजारले देखाएको छ । दोश्रो बजार परिसूचक नेप्से ११ दशमलव ३० अंकको वृद्धि हुँदै १३९२ दशमलव ६८ को विन्दुमा बन्द भएको छ ।
शेयरबजार शुन्य दशमवल ८२ प्रतिशतले वृद्धि भएको छ । आज १८७ कम्पनीको शेयर कारोवार हुँदा ९७ करोड ७८ लाखको शेयर कारोवार भएको छ । बजार खुल्ने वित्तिकै निरन्तर घटेको थियो । ११ बजेर २८ मिनेटमा बजार १३६३ को न्यून विन्दुसम्म पुगेको थियो भने बजार बन्द हुँदा उच्च विन्दु बनाएर बन्द भएको थियो । आजको बजार इण्ट्राडे हाईमा बन्द भएको छ । यसले लगानीकर्ताको मनोविज्ञान बलियो भएको देखिन्छ।
आज अजोड इन्स्योरेन्सको शेयर सर्वाधिक कारोवार भएको छ। अजोड इन्स्योरेन्सको ९ करोड २१ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । अजोड इन्स्योरेन्स, साधना लघुवित्त, नेपाल बैंक, एनएमबी ५० र एनआईबीएल सम्वृद्धि फण्ड १ सर्वाधिक कमाउने ५ शेयर हुन भने सर्वाधिक गुमाउने ५ कम्पनीमा गणपति माईक्रोफाईनान्स, आरम्भ चौतारी लघुवित्त, युनियन हाईड्रोपावर, हिमालयन पावर र आईएफसी फाईनान्स रहेका छन्।
बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंक उपसुचकमा वृद्धि देखिएको छ । आज होटल उपसुचकमा मात्र गिरावट देखिएको छ ।
प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १४२० प्रतिरोध १ः १४०५ टेवा १ः १३६५ टेवा २ः १३५०
✍आजको कारोबारको पहिलो समयमा बजार केही घटेपनि पछिल्लो समयमा बजार बढेको थियो। आजको बजार प्रवृत्तिले हतौडा मैनबत्तीको चित्र बनाएको देखिन्छ।
✍ यसले बजारमा विक्रेता कमजोर हुँदै गएको जानकारी गराएको छ । दैनिकी अवधिमा “आरएसआई” ४९ दशमलब ७७ को बिन्दुमा छ। यसको प्रवृत्तिले बजार हालसम्म सामान्य रहेको जानकारी दिएको छ।
✍“एडीएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा बिक्रेताको चाप रहेको जानकारी दिएको छ।
✍“अन ब्यालेन्स भल्यूम” ले क्रेताको चाप हुन थालेको जानकारी दिएको छ।
✍ नेप्से बढेमा पहिलो प्रतिरोध १४०५ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३६५ को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार