सस्ताेमा शेयर किन्ने हाे ? पाँच कम्पनीका शेयर बजारमा फालाफाल !
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार २३:२२:४३
२५ साउन, काठमाडौं । तीन वटा इन्स्योरेन्स कम्पनी र एक विकास बैंकको गरी १७ लाख ५९ हजार छ सय ५२ कित्ता भन्दा धेरै शेयर लिलाम बिक्री हुने भएको छ । जसमध्ये एनएलजी इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले शेयर लिलामी खोलिसकेका छन् भने सहारा विकास बैंक र गुराँस लाईफ इन्स्याेरेन्सले लिलामी खोल्ने तयारी थालेका छन् ।
एनएलजी इन्स्योरेन्सले शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको १ लाख ६१ हजार ७८ कित्ता साधारण शेयरका लागि गत साउन २२ बाट लिलामी आवेदन माग गरेको छ । लिलामी शेयरमा आवेदन दिने अन्तिम मिति साउन २९ गतेसम्म रहेको छ । इन्स्योरेन्सले २०७६ फागुन २२ गतेदेखि २०७७ असार २५ गतेसम्म १० बराबर ६ अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयर बिक्री गरेको थियो । गत साउन ९ गते इन्स्योरेन्सले निष्काशन गरिएको कुल शेयरमध्ये ३६ लाख ८१ हजार ३५९.५० कित्ता हकप्रद शेयर बाँडफाँड गरेको थियो ।
बाँकी रहेको संस्थापक समूहको ८१ हजार २२४ कित्ता र सर्वसाधारण समूहको ७९ हजार ८५३ कित्ता शेयर बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लिलामी शेयरमा आवेदन दिन चाहनेहरुले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, नयाँबानेश्वर, लक्ष्मी बैंकका शाखाहरु बिर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल–मिलनचोक, वीरगंज, बाग्लुङ, दाङ(घोराही), सुर्खेत, नेपालगंज त्रिभुवन चोक, धनगढी र महेन्द्रनगरबाट आवेदन पेश गर्न सकिने छ ।
त्यस्तै एनएलजी इन्स्योरेन्सको केन्द्रिय कार्यालयमार्फत पनि आवेदन गर्न सक्नेछ । लिलामी शेयरमा न्यूनतम १०० रुपैयाँ अंकित गरी प्रतिस्पर्धात्मक बोलकबोल पेश गर्न सक्नेछन् । शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम १० ले भाग जाने गरी सबै कित्ता शेयरको लागि आवेदन पेश गर्नुपर्ने छ।
शिखरको लिलाम सकार्ने अन्तिम मिति साउन २८ गते
शिखर इन्स्योरेन्सले शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको सर्वसाधारण समुहको ८७ हजार ४१२.८० कित्ता हकप्रद शेयर गत साउन २१ गतेबाट लिलामीमा राखेको छ । सो शेयर सकार्न चाहने आवेदकले आगामी साउन २८ गते भित्र आवेदन दिइसक्नु पर्ने छ ।
इन्स्योरेन्सले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । इन्स्योरेन्सले १ बराबर ०.३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। निष्काशित कुल शेयरमध्ये ३० लाख ८४ हजार ५१९.२० कित्ता शेयर इन्स्योरेन्सले गत साउन १२ गते बाँडफाँड गरेको थियो । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। त्यसैले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरि पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ।
इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईबीएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुलसीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयका साथै ग्रीन डेभलपमेन्ट बैंक बागलुङबाट आवेदन दिन सक्नेछन्।
सहाराको संस्थापक शेयर लिलाम हुँदै
सहारा विकास बैंक लिमिटेडले संस्थापक समूहको ९ लाख २१ हजार १४८.७० कित्ता शेयर बोलकबोल लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्न लागेको छ । बैंकले २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो । सो शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले साउन ३० गतेदेखि भदौ ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नुपर्नेछ। शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद नलाग्ने बैंकले जनाएको छ।
बैंकको शेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईबीएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालय, सहारा विकास बैंकका शाखा कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकको बागलुङबाट आवेदन दिन सक्नेछन्।
गुराँस लाईफ पनि शेयर लिलामीको तयारीमा
हकप्रद जारी गरेपछि बिक्री हुन नसकेको गुराँस लाइफ इन्सुरेन्सको शेयर लिलामीमा आउने तयारीमा छ । गत साउन २२ गते हकप्रद बाँडफाँड पछि बिक्री हुन बाँकी रहेको ५ लाख ९० हजार १४ कित्ता साधारण शेयर लिलामीमा आउने भएको छ । कम्पनीले शतप्रतिशत अर्थात् ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ८७ लाख ९५ हजार १८६ कित्ताका लागि मात्र आवेदन परेको थियो । जसमा १२ हजार ९०३ जनाले आवेदन दिएका थिए ।
कम्पनीले असार १४ देखि साउन ४ गतेसम्म ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । हाल यसको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको शेयर बिक्रीपछि पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुग्नेछ । बीमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन गुराँसले हकप्रद ल्याएको थियो ।
बैंक अफ काठमाडौंकाे संस्थापक शेयर किन्ने कि ?
बैंक अफ काठमाडौंले संस्थापक समूहतर्फको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलामी बिक्री गर्ने भएको छ । बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्काशन (तेस्रो संशोधन) नियमावली २०७६ मा भएको व्यवस्था अनुसार संस्थापक समूहको शेयर लिलामीमा ल्याउन लागेको हो ।
उक्त लिलामी शेयर सकार्न चाहने व्यक्ति तथा संस्थाले भदौ ८ गते २ बजेभित्र आवेदन बुझाइसक्नुपर्ने छ। बैंकको लिलामी शेयरमा इच्छुक संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संगठित संस्थाले समेत बोलपत्र पेश गर्न सकिने छन् । शेयरको न्यूनतम मूल्य प्रति शेयर १४० रुपैयाँ तोकिएको छ। एउटा व्यक्ति वा कम्पनीले शेयर खरीदका लागि एउटा मात्र बोलपत्र मार्फत् आवेदन दिनुपर्नेछ । साथै बोलपत्र फारम लाहाछाप लगाई शीलबन्दी गरिएको हुनुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढीको लागि १० अंकको गुणाङ्कमा राष्ट्र बैंकले तोकेको प्रति व्यक्तिरसंस्था सीमाको अधिनमा रहेर अधिकतम ३ लाख १६ हजार १५६ कित्ताको लागि आवेदन दिन सकिनेछ । लिलामी शेयरमा प्राप्त शिलबन्दी बोलपत्रहरु भदौ ९ गते मंगलबार १० बजे बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा खुल्नेछ । बैंकको साधारण शेयर भने प्रति कित्ता २२४ रुपैयाँको हराहरीमा कारोबार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार