सभापति देउवा भन्छन्, कांग्रेसले नै समावेशीताको प्रारम्भ गरेको हो !
नेपालबहस संवाददाता
साउन २५, २०७७ सोमबार १:१९:४५
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले नै समावेशीताको प्रारम्भ गरेको तथा आदिवासी जनजातिको हक र अधिकारका निमित्त सङ्घर्ष गर्दै आइरहेको इतिहास साक्षी रहेको उल्लेख गरेका छन् ।
कांग्रेसकै नेतृत्वमा आदिवासी जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको निर्माण भइसकेको उल्लेख गर्दै उनले कांग्रेस नेपाली समाजमा विद्यमान जातीय, भाषिक, सांस्कृतिक, धार्मिक एवं क्षेत्रीय विविधतालाई नेपाली राष्ट्रियताको धरोहर मान्दछ भनेका छन । विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना दिँदै सभापति देउवाले सबै जाति, समुदाय, भाषा, संस्कृतिको ‘पहिचान भेटिने र जातीय द्वन्द्व मेटिने’ नीतिको अख्तियार पनि काग्रेसले नै गरेको बताए ।
नेपालका आदिवासी जनजातिको उत्थान एवं अधिकार स्थापना तथा आदिवासीको सांस्कृतिक संरक्षणमा यो दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले दिवसका अवसरमा आदिवासीको भाषा, संस्कृतिको कदर गर्दै विश्वका समस्त आदिवासीलगायत सबैका बीच विश्व बन्धुत्व एवं आपसी सद्भाव निरन्तर रहिरहोस् भन्ने शुभकामना व्यक्त गरे।
विश्वभरका आदिवासी जनजातिमाथिको राजनीतिक, भाषिक, सांस्कृतिक, धार्मिक, शैक्षिक विभेद तथा मानव अधिकार हननलगायत सबैखाले उत्पीडनबाट मुक्ति दिलाउन संयुक्त राष्ट्र सङ्घद्वारा १९९४ मा घोषणा गरिएको विश्व आदिवासी दिवस ‘अगष्ट ९ का दिन’ लाई विश्वभरिका आदिवासी जनताले अन्तरराष्ट्रिय पर्वका रूपमा मनाउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
विदेशीले नेपाल आएर १७ अर्ब ७२ करोड खर्च गर्दा नेपालीले विदेशमा सके ५५ अर्ब ७८ करोड
मंसिर ४, २०८१ मंगलबार
भारत र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
रौतहटमा तार सर्ट हुदा आगलागी, दुई घर जलेर नष्ट
मंसिर ४, २०८१ मंगलबार
मंगलबार ५१.११ अंकले घटेर २७०२ विन्दुमा रोकियो नेप्से, सबै सेक्टरका सूचक घटे
मंसिर ४, २०८१ मंगलबार