घुस लिएको अभियोगमा मुद्दा
नेपालबहस संवाददाता
साउन २५, २०७७ सोमबार ३:३:४९
२५ साउन ,काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढोरपाटन नगरपालिका बाग्लुङका इञ्जिनीयर मिलन अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उपभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनाको भुक्तानी दिएवापत अधिकारीले विभिन्न बहाना बनाइ घुस मागेको पाइएको आयोगले जनाएको छ । इञ्जिनीयर अधिकारीले सेवाग्राहीबाट रु एक लाख घुस माग गरेको पाइएकाले आयोगको पोखरा कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो । आयोगले आरोपी इञ्जिनीयरलाई बिगोअनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
यस्तै आयोगले आजै घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार ठेक्कापट्टाको अनुमतिपत्र बनाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ९६ हजार ३०० घुस माग गरेको पाइएको छ । आयोगले आरोपी उद्योग अधिकृत ओलीविरुद्ध बिगोअनुसारको कारवाहीको माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार