कोरोनाले मृत्यु भएकामध्ये ५७.३ प्रतिशत दीर्घरोगी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन २६, २०७७ सोमबार १४:२४:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/helth-post_hsQWCwXT5n.jpg)
२६ साउन, काठमाडौं । कोभिड–१९ ले मृत्यु हुनेमा कुनै न कुनै दीर्घरोग ‘कमोरबिडिटी’ भएकाको संख्या बढी छ । कोरोना विशेष लक्षणबाट मृत्यु हुनेको संख्या न्यून छ । पहिलो पटक गत जेठ ४ मा सिन्धुपाल्चोककी ३९ वर्षीया महिलाको कोरोनाले निधन भएको थियो । त्यसयता आइतबार दुईसहित ७५ जनाको मृत्यु भइसकेको छ ।
यो संख्या जम्मा संक्रमित ‘२२ हजार ९ सय ७२ जना’ को ०.३ प्रतिशत हो । मृत्यु हुनेमा १६ जना ‘२१.३३ प्रतिशत’ महिला र ५९ जना ‘७८.६६ प्रतिशत’ पुरुष छन् । जसमा दुई भारतीय पुरुष र एक चिनियाँ महिला छन् । दुई बालक र एक बालिकाको समेत कोरोनाले मृत्यु भएको छ ।
‘बढी उमेर भएका व्यक्तिमा संक्रमण र मृत्युदर बढ्दै गएको छ, यो चिन्ताको विषय हो,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने । उनका अनुसार ज्येष्ठ नागरिकमा मृत्यु बढी देखिए पनि सबै उमेर समूहमा कोभिड जटिलताको जोखिम छ । कोरोनाको अनुसन्धान गरिरहेका जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले मृत्यु भएकामध्ये ५७.३ प्रतिशत ‘३३ पुरुष र १० महिला’ मा एक वा त्योभन्दा बढी दीर्घरोग देखिएको बताए ।
घरबाहिर बढी निस्किने उमेर समूहको व्यक्तिबाट हुन सक्ने संक्रमणको जोखिममा ज्येष्ठ नागरिक रहेको उल्लेख गर्दै डा.अधिकारीले भने, ‘ज्येष्ठ नागरिकलाई संक्रमणबाट जोगाउनु परिवार, समाज, आफन्तको दायित्व हो, नत्र यो वर्गमा कोरोनाले मृत्युलगायत जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।’ हालसम्म सबैभन्दा कम उमेरअन्तर्गत ४९ दिने बालक र सबैभन्दा बढी ८५ वर्षीया महिला र पुरुषको कोभिडले मृत्यु भएको छ ।
गण्डकी प्रदेशका ४९ दिने बालकको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो भने पर्साकी ८५ वर्षीया महिलाको साउन ७ गते र काठमाडौंका ८५ वर्षीय पुरुषको असार १९ गते मृत्यु भएको थियो । कोरोनाले ज्यान गुमाउनेमध्ये १६ जना ‘२१.३ प्रतिशत’ विदेशबाट आएका हुन् । जसमा भारतबाट आएका १३ तथा कतार, चीन र मलेसियाबाट आएका एक–एक जना छन् ।
आधाभन्दा बढीले आफूलाई संक्रमण भएको थाहै नपाई मृत्युवरण गरेको पाइएको छ । ४३ जना ‘५७.३ प्रतिशत’ को मृत्युपछि पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । ‘पाँच जना ‘६.७ प्रतिशत’ को मृत्यु एक अस्पतालबाट अर्कोमा सार्दासार्दै बाटोमै भएको हो,’ डा। बीसीले भने, ‘२० जनाको मृत्यु आईसीयूरभेन्टिलेटरमा भएको हो ।’
आइतबारसम्म देशभर कोरोना संक्रमित ७३ जना आईसीयू र एक जना भेन्टिलेटरमा छन् । कोरोनाले प्रदेश–२ मा सबैभन्दा बढी ३२ जनाको मृत्यु भएको छ । उक्त प्रदेशको पर्सामा मात्रै १८ जनाको ज्यान गइसकेको छ । दोस्रोमा प्रदेश ५ छ । त्यहाँ १० जनाको मृत्यु भएको छ । सबैजसो जिल्लामा संक्रमण देखिए पनि कोरोनाबाट मृत्यु हुनेहरू भने ३२ जिल्लाका छन् । कान्तिपुर दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार