खरिदकर्ता आक्रामक हुँदा लगातार दुई दिन बजार ईण्ट्राडे हाईमा, प्राविधिक सूचक कस्ता देखिए ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
साउन २६, २०७७ सोमबार २३:४१:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/Nepse-index_daYVnrs7qN.jpg)
२६ साउन, काठमाडाैं । शेयरबजारमा हिजोको सकारात्मक प्रवृत्तिले साथ दिँदै आज पनि बजार “ईण्ट्राडे हाई”मा बन्द भएको छ । शेयरबजारले खुलेबाट नै सकरात्मक प्रवृत्ति समातेको थियो । नेप्से परिसूचक ३७ दशमलव ७४ अङ्कले वृद्धि हुँदै १४३० दशमवल ४१ को विन्दुमा बन्द भएको छ ।
आज बजार १४०० को मनोवैज्ञानिक रेखा भन्दा माथि बन्द हुन सफल छ । बजार २ दशमवल ७१ प्रतिशतले वृद्धि भएकोमा १८९ कम्पनीको १ अर्ब ५५ करोड बराबरको शेयर कारोवार भएको छ ।
आज बजार १३९४ को विन्दुमा खुलेकोमा बजारको न्यून विन्दु त्यही रहेको छ भने बजारको उच्च विन्दु र अन्तिम विन्दु पनि एउटै रहेको छ। यस्तो प्रवृत्तिलाई सकारात्मक मानिन्छ।
आज नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक कारोवार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ३१ लाख बराबरको शेयर खरिदबिक्री भएको छ ।
साधना लघुवित्त, अजोड इन्स्योरेन्स, घोडिघोडा लघुवित्त, एभरेस्ट इन्स्योरेन्स र सांग्रिला डेभलप्मेण्ट बैंक सर्वाधिक कमाउने ५ कम्पनी हुन भने सर्वाधिक गुमाउने ५ कम्पनीमा दिव्यश्वोरी हाईड्रोपावर, गुराँस लघुवित्त, खानीखोला हाईड्रोपावर, बेस्ट फाईनान्स र घलेम्दी हाईड्रोपावर रहेका छन् ।
आज म्युचअल फण्ड बाहेक सम्पूर्ण उपसुचकमा वृद्धि देखिएको छ ।
प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १५०० । प्रतिरोध १ः १४८० । टेवा १ः १४०० । टेवा २ः १३५०
✍आज शेयरबजार खुलेदेखि अन्तिम समयसम्म बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ । आजको बजार प्रवृत्तिले “बुलिस मारुबोजु” मैनबत्तीको चित्र बनाएको छ। यसले बजारमा क्रेताको चाप रहेको र अर्को कारोबार दिन पनि बजार बढ्न सक्ने जानकारी गराउँदछ ।
✍दैनिकी अवधिमा “आरएसआई” ५६ दशमलब ०५ को बिन्दुमा छ । यसको प्रवृत्तिले बजारमा क्रेताको चाप उपरान्त केहि समयको लागि हुन सक्ने जानकारी दिएको छ ।
✍“एडीएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा क्रेताको चाप हुन थालेको जानकारी दिएको छ।
✍“अन ब्यालेन्स भल्यूम” ले पनि क्रेताको चाप हुन थालेको जानकारी दिएको छ ।
✍नेप्से बढेमा पहिलो प्रतिरोध १४८० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १४०० को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार