राप्रपालाई कांग्रेस र कम्यूनिस्टको दाँजोको अग्रणी शक्ति बनाईने : अध्यक्ष थापा
नेपालबहस संवाददाता
साउन २६, २०७७ मंगलबार ०:११:०
२६ साउन, काठमाडौं । प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले विधिवत रूपमा राप्रपा एक भई सकेको र आगामि दिनमा राप्रपालाई कांग्रेस र कम्यूनिस्टको दाँजोको अग्रणी शक्ति बनाईने बताएका छन।
स्वदेश तथा प्रवासमा रहने नेपालीको चाहाना पार्टी एकता र मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माण रहेको बताउँदै उनले कोरोना प्रकोपको कारण पार्टीलाई एकताको स्प्रिट अनुसार अगाडि वढाउन नसकिएको स्वीकार गरे । तर आगामि दिनमा सशक्त भएर अगाडि बढने उनले बताए ।
विभिन्न जिल्लाहरूमा राप्रपामा प्रवेश गर्नेहरूको उत्साह बढेको बताउँदै अब पार्टीको कसैले चिन्ता लिन जरुरी नभएको उनले उल्लेख गरे । जीवन्त पार्टीमा छलफल, बहस स्वभाविक भएको उनले बताए । हिन्दुराष्ट्रको एजेन्डा बोकेको पार्टीको चुनाव चिन्ह स्वभाविक रूपले गाई हुँदा राम्रो हुने बताउदै चिन्हको विषय सहमति र समझदारीको आधारमा टुङ्याईने उनको स्पष्ठउक्ति थियो ।
जनताले विकल्प खोजी रहेको अवस्थामा कांग्रेस कम्यूनिस्टको विकल्प राप्रपा मात्र हुनसक्ने बताउँदै ०६२/०६३ को मार्गचित्रको असफलता पछि एकमात्र वैचारिक प्रतिपक्ष राप्रपा भएको बताए । राप्रपालाई आउदो चुनावसम्म ठुलो सफलता दिलाउन प्रवासमा रहेका सबै साथिहरूको महत्त्वपूर्ण भुमिका रहने उनले बताए ।
शुभकामना दिँदै अर्का अध्यक्ष पशुपतिशमशेर राणाले नेपालको चिनारी धर्म, परम्पराले गर्दै आएकोमा धर्म निरपेक्षताले मुलुकको पहिचान गुमेर ठुलो धोका भएको बताए । ठुला दलले न्युनतम ईमानदारी र दक्षता प्रदर्शन गर्न नसकेको बताउँदै राप्रपा मात्र मुलुकको वैकल्पिक शक्ति रहेको उनले बताए । प्रवासमा रहेको नेपालीहरूको लागि राप्रपा हर प्रकारको सहयोग गर्न तैयार रहेको बताउँदै राणाले अब मुलुकले प्रवासी नेपालीको सहयोग खोजेको बताए ।
अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले टेलिफोन मार्फत प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य विजय खडकाले विश्वको २६ देशमा राप्रपा समर्थित प्रवासी नेपाली एकता समाजको सशक्त संगठन रहेको बताए । राजसंस्था, हिन्दुत्व र समृद्ध नेपालको लागि प्रवासमा ठुलो आकर्षण रहेको उनले वताए ।
सो अवसरमा राप्रपा युरोपको अध्यक्ष सुरेन्द्रमान अमात्य, युएईका सल्लाहकार विश्वदेव शाह, कतारका अध्यक्ष गौतम रिजाल, वरिष्ठ सल्लाहकार डा.रामकृष्ण निरौला, समाजसेवी दिनेश पोखरेल लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले संचालन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
मंसिर ४, २०८१ मंगलबार