पोखरा महानगपालिकामा भएको अनियमितता प्रति नेपाली कांग्रेस (वीपी) कास्कीको ध्यानाकर्षण
नेपालबहस संवाददाता
साउन २६, २०७७ मंगलबार ०:४८:२४
२६ साउन, काठमाडौं । पोखरा महानगरपालिकामा भैरहेको आर्थिक अनुसासनहिनताका सुचना तथा समाचारहरु प्रति नेपाली कांग्रेस (वीपी) कास्कीले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले सो सम्बन्धमा पोखरा महानगपालिकाका प्रवक्ता धन बहादुर नेपाली मार्फत नगर प्रमुख मान बहादुर जिसिलाई ध्यानाकर्षण पत्र बुझाएको सभापति चन्द्र बहादुर रानाभाटले जनाकारी दिए ।
सभापति रानाभाटले लामो समय जनप्रतिनिधि विहिन बनेका स्थानिय निकायहरुमा जनताका प्रतिनिधिका रुपमा चुनिएर आएका व्यक्तिहरुको नेतृत्व भैसकेपछि आर्थिक अनुसासन र पारदर्शीता हुन्छ र विकासले गति लिन्छ भन्ने विश्वासका विपरित पोखरा महानगरपालिका भ्रष्टाचारमा चुर्लुम्म डुबेको समाचारले आफुहरु चिन्तित भएको बताए ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “मलेपको प्रतिवेदन अनुसार नगद रु.१३,०१,८२,७९७।०८ (अक्षरुपी तेह्र करोड एक लाख एकासी हजार सात सय सन्तानब्बे रुपैयाँ आठ पैसा) बराबरको हिषाव किताव कर्मचारीहरुको मिलिमतो र जनप्रतिनिधिहरुको समेत संलग्नतामा हिनामिना गरिएको हुनसक्ने भएकाले यसको यथार्थ छानविन गरि दोषी उपर आवाश्यक कानुनी कार्वाहीका लागि हाम्रो पार्टी जोडदार माग गर्दछ ।”
जनताका प्रतिनिधि भएका हैसियतले जनताको पसिनामाथी होली खेल्ने छुट यो वा त्यो वाहानामा कसैलाई नभएको वीपी कांग्रेसले प्रष्ट पारेको छ । साथै जनताले तिरेको कर माथी भएको यसप्रकारको मनोमानी तथा लज्जित कार्यको वीपी कांग्रेस घोर निन्दा तथा भ्रत्सना गरेको छ । पार्टीका उपसभापति डम्बर बहादुर बानियाँले कोरोना भाइरसको महामारीका बीच आम नागरिकको जनसरोकारको विषयमा हरेक कुराको वेवास्ता गर्दै स्थानिय सरकार र जनप्रतिनिधिको रुपमा आएका जनप्रतिनिधिहरु नै भ्रष्टाचारमा लिप्त भई विभिन्न वाहानामा करवृद्धि गरेको पाईएको प्रति पार्टीले सो कार्यको समाधानका लागि अपिल गरेको जनाए ।
अर्का उपसभापति तिर्थ प्रसाद अधिकारीले पोखरा महानगरपालिकामा भएको करोडौ रुपैयाँ आर्थिक अनियमितता माथी तत्काल छानविन गरि आम महानगरवासी समक्ष प्रष्ट पार्न १५ दिनको अल्टिमेटम दिएको बताए । साथै तोकिएको समय भित्र आर्थिक अनियमिमताको छानविन नगरि वेवास्ता गरिए कडा आन्दोलनमा उत्रने सो पार्टीले चेतावनी दिएको केन्द्रिय कार्यलयका सचीव सुशीलराज वाग्ले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार