आन्तरिक उडान र लामो दुरीका गाडी अब भदौ १६ देखि खुल्ने
नेपालबहस संवाददाता
साउन २६, २०७७ मंगलबार ३:७:३९
२६ साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमण भयावह हुन थालेपछि सरकारले भदौ १६ गतेदेखि मात्रै आन्तरिक उडान र लामो दुरीका गाडी खोल्ने निर्णय गरेको छ । यसअघि भदौ १ गतेदेखि खोल्ने भनिएको सार्वजनिक यातायात र उडान अब भदौ १६ देखि मात्रै खुल्ने भएका हुन् ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीको सिफारिसलाई सदर गर्दै भदौ १६ गतेबाट निर्णय कार्यान्वयन गर्ने भएको हो ।
५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।
तर कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले तत्काल लामो दुरीका गाडी र हवाई उडान खोल्न नसकिने निर्णय गरेको थियो । साथै सरकारले सीमामा थप कडाई गर्ने निर्णय पनि गरेको छ ।
तत्कालका लागि अन्तराष्ट्रिय उडान भने स्थगित हुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
नेपाली यू-१९ टिम कर्नाटकासँग पराजित, सिरिज २-२ को बराबरी
मंसिर ४, २०८१ मंगलबार
करिब १७ सय १७ किलो गाँजासहित एक जना पक्राउ
मंसिर ४, २०८१ मंगलबार
युक्रेनमा पुनः रूसी हमला एक जना बालकसहित सात जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार