कक्षा १२ को स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार १४:११:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/examination_board_9T7PUMg8QW.jpg)
◊ शेषकान्त पण्डित
२७ साउन, काठमाडाैं । कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो लगाइने भएको हो । यो विषयको निकास पाए विद्यार्थीलाई स्नातक तह अध्ययन गर्ने बाटो खुल्नेछ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ का विद्यार्थीको परीक्षा सञ्चालन तथा प्रमाणीकरणका बारेमा सरकारसित निरन्तर संवाद भइरहेको र अब केही दिनमै निकास दिने गरी तयारी भइरहेको जानकारी दिए ।
परीक्षा विधिमै बहस
कक्षा १२ का विद्यार्थीको परीक्षा कुन तरिकाबाट सञ्चालन गरेर नतिजा प्रकाशन गर्ने भन्नेमा विभिन्न विकल्पमा छलफल सुरु गरिएको छ । केही समयअघि दशैअघि पुरानै तरिकाबाट विद्यार्थीको परीक्षा सक्ने र नतिजा प्रकाशन गर्ने तयारी गरिएको थियो । तर अब त्यो सम्भावना टरेको बताइएको छ । अब विकल्पका रूपमा कक्षा ११ कै जसरी विद्यार्थीको मूल्याङ्कनको अन्तिम अधिकार विद्यालयलाई दिने विषयमा छलफल भइरहेको छ ।
कक्षा १२ मा विद्यार्थीको परीक्षा लिनैपर्ने प्रावधान भएकाले परीक्षाको विकल्पलाई कसरी खुलाउने भन्ने हिसाबमा आफूहरू छलफलमा जुटेको उनले जानकारी दिए । यसका लागि पटक पटक गरेर परीक्षा लिने, अनलाइन या अन्य माध्यमको प्रयोग गरेर परीक्षाको प्रक्रिया पूरा गर्ने विषयमा छलफल थालिएको र छिट्टै निर्णय लिने जनाइएको छ ।
यस खालको नीतिगत निर्णय लिने अधिकार हाल बोर्डमा नरहेकाले सरकारसित अधिकार दिन बोर्डले माग गरेको छ । स्वतन्त्र तरिकाले काम गर्न सकिएको अवस्थामा कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन तथा प्रमाणीकरण गरी बाटो खोल्ने सोचमा आफूहरू रहेको जानकारी बोर्डका अध्यक्ष पौडेलले दिए ।
स्नातक तह प्रभावित
कक्षा १२ को परीक्षा निर्धारित समयमा सञ्चालन गरेर नतिजा प्रकाशित गर्न नसके नेपालका सबै विश्वविद्यालयको स्नातक तहको कार्यक्रम प्रभावित हुने स्थिति देखिएको छ । चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषि, वन, व्यवस्थापन लगायतका स्नातक तहका सबै कार्यक्रम प्रभावित हुने र विद्यार्थीको शैक्षिक सत्र प्रभावित हुने भएकाले यसको निकास दिनुपर्ने माग यस क्षेत्रका व्यक्तिहरूको छ ।
साउथ बेस्टर्न कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसीले ‘ए’ लेबल लगायत सबै कार्यक्रमको अन्तिम मूल्याङ्न गर्ने अधिकार शिक्षकमा रहेको र त्यसकै आधारमा प्रमाणीकरण हुने गरेकाले विशेष परिस्थितिमा कक्षा १२ का लागि पनि एक पटक विद्यालयलाई जिम्मा दिनु उपयुक्त विकल्प हुने बताए । यसो हुन सके विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने र विश्वविद्यालय तहका सबै कार्यक्रम समेत अघि बढ्न बाटो खुल्ने भएकाले यसमा तत्काल सोच्नपर्ने उनको सुझाव छ ।
ललितपुरको आदर्श सौल माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोज आचार्य सम्भव भएसम्म गुणस्तर कायम गर्न परीक्षा लिनैपर्ने सुभाव दिँदै शैक्षिक सत्र नै गुम्ने अवस्थामा विकल्पको खोजी गर्नुपर्ने बताउछन । विकल्प खोजिएको अवस्थामा शिक्षकलाई नै मूल्याङ्कन गर्ने जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ । कक्षा १२ का विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा लिने सम्भावना केही महिना टरेको तथा अनलाइन माध्यमबाट परीक्षा लिने सम्भावना पनि न्यूून रहेकाले विद्यालयलाई मूल्याङ्कन गर्नदिने सम्भावना बढी रहेको जनाइएको छ । शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ताले दसैँसम्म परीक्षा सक्ने योजना रहेको भए पनि अब त्यो सम्भावना टरेको बताए ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले विद्यार्थीको शैक्षिक सत्र अवरुद्ध नहुने गरी सोच्नुपर्ने अवस्था आएको बताए । उनले छिटो निर्णयमा पुग्न सुझाव दिए । यसले गर्दा विश्वविद्यालयका शैक्षिक कार्यक्रमसमेत पूरै प्रभावित पार्ने भएकाले परीक्षाको विकल्पका बारेमा सोच्नुपर्ने उनको भनाइ छ । विद्यार्थीको ऊर्जाशील समयको सदुपयोग गर्दै प्रविधिबाट पठनपाठनबाट अध्ययन गर्ने बाटो खोल्नका लागि पनि कक्षा १२ को विषयमा निर्णय गर्न ढिलाइ गर्न नहुने उनले बताए । यसका लागि परीक्षाको विकल्पलाई सजिलो बनाउनुपर्ने उनको सुझाव छ । गाेरखापत्र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार