बैङ्कमा निक्षेप सङ्कलन बढ्याे, कर्जाको माग र आपूर्ति घट्याे
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार १४:१९:२
![](https://nepalbahas.prixacdn.net/media/albums/bank-employee_YGCtR5PZ2z.jpg)
◊ भेषराज बेल्बासे
२७ साउन, काठमाडौं । वाणिज्य बैङ्कहरू पछिल्ला दिनमा कर्जा विस्तारमा आक्रामक जस्तै देखिएका छन् तर पनि कर्जाप्रतिको आकर्षण भने बढ्न सकेको छैन । बैङ्कहरूले कर्जा विस्तारमा विभिन्न सुविधा र योजना सार्वजनिक गरिरहँदा पनि कर्जा विस्तार हुनुको सट्टा सङ्कुचन हुँदै गएको छ । कोरोना सङ्क्रमणले थलिएको अर्थतन्त्रसँगै उद्योग÷व्यवसाय प्रभावित हुँदा एकल अङ्ककै ब्याजदरमा उपलब्ध हुँदा पनि कर्जा विस्तार हुनुको सट्टा घट्दो क्रममा छ । बैङ्कहरूमा निक्षेप सङ्कलन बढ्दो छ भने कर्जाको माग र आपूर्ति घट्दो छ ।
नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार असारमा मात्रै १५६ अर्ब निक्षेप सङ्कलन भएको थियो । यो तथ्याङ्क प्रारम्भिक भएका हुनाले अझ बढ्न सक्ने उनको भनाइ छ । कोरोना सङ्क्रमणको जोखिमबाट जोगिन गरिएको बन्दाबन्दीयता निक्षेप बढिरहेको छ । उनका अनुसार बन्दाबन्दी सुरु भएको चैतमा ५३ अर्ब सङ्कलन भएको निक्षेप वैशाखमा ४५ अर्ब, जेठमा ७४ अर्ब सङ्कलन भएको छ । घट्दो कर्जा लगानी र बढ्दो निक्षेप दरले गर्दा बैङ्कहरूमा तरलता बढ्दै गएपछि बैङ्कहरू बीचमै सस्तो र सुलभ दरमा अझ केही बैङ्कले त आधार ब्याजदरमै कर्जा योजना ल्याएका छन् ।
नेपाल बैङ्कर्स सङ्घका अनुसार गत सातामा मात्र बैङ्कहरूको निक्षेप २५ अर्बले वृद्धि हुँदा कर्जा लगानी भने एक अर्बले घटेको छ । साउन ९ गते शुक्रबार वाणिज्य बैङ्कहरूको कर्जा लगानी २८ खर्ब ६७ अर्ब र निक्षेप ३४ खर्ब ६२ अर्ब रहेकोमा मध्य साउनमा बढेर ३४ खर्ब ८७ अर्ब पुग्यो भने कर्जा लगानी एक अर्बले घटेर २८ खर्ब ६६ अर्बमा झ¥यो ।
नयाँ कर्जाको माग निकै कम भएकाले बैङ्कको सीसीडी रेसियो ७२।०५ प्रतिशतमा सीमित भएको छ । राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीसीडी रेसियो ८५ प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था गरेको छ तर बैङ्कहरूको सीसीडी रेसियो भने निकै तल छ ।
बैङ्कहरूसँग अहिले करिब दुई खर्ब रुपियाँभन्दा बढी लगानीयोग्य रकम रहेको छ । बन्दाबन्दी खुकुलो भएपछि पनि कर्जाको माग केही बढे पनि सोचेअनुसार बढ्न नसकेको बैङ्करहरू बताउँछन् । कोभिड–१९ को प्रभाव बढिरहँदा लगानीकर्ताको मनोबल खस्किँदै गएका कारण कर्जाको माग बढ्न नसकेको एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनील केसी बताउछन। समग्र व्यवसाय सामान्य अवस्थामा नआएसम्म कर्जा जाने सम्भावना नभएको भन्दै उनले बन्दाबन्दी खुलेसँगै लगानीका लागि केही माहोल बन्दै थियो, फेरि सङ्क्रमण बढ्दै जाँदा लगानीका लागि कठिन भयो, सामान्य अवस्था आउन समय लाग्ला भने । राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत पुरानै कर्जामा २० प्रतिशतसम्म कर्जा थप गर्न पाउने व्यवस्था गरेको छ जसले गर्दा पुराना ऋणीहरूले पनि कर्जा थप गरेका छन् तर नयाँ ऋणीहरूले भने ठूलो परिमाणमा कर्जा लिएका छैनन् ।
अहिले बैङ्किङ प्रणालीमा बढिरहेको तरलता कम गर्न राष्ट्र बैङ्कले थप २० अर्ब रुपियाँ तरलता प्रशोचन गरिसकेको छ । साउन महिनामा मात्रै राष्ट्र बैङ्कले तीन पटक २० अर्बका दरले ६० अर्ब रुपियाँ प्रशोचन गरिसकेको छ । अन्तरबैङ्क कारोबार ठप्प भएको अहिले कोरानो सङ्क्रमण बढ्दो क्रममा रहेकाले लगानीकर्तामा विश्वास नबढ्दा बैङ्क तथा वित्तीय संस्थाबाट कर्जाको माग भएको छैन । तरलता प्रशोचन मात्रै समस्याको समाधान नभएको भन्दै राष्ट्र बैङ्कका प्रवक्ता भट्टले अर्थतन्त्रलाई गति दिन बैङ्कहरूले कर्जा लगानी विस्तार गर्नुपर्ने भन्दै राष्ट्र बैङ्कले पनि लगानी विस्तारमा जोड दिँदै आएको बताए । गोरखापत्र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार