जनजाति आन्दोलनका अगुवा रोकायाको निधन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_DWPWCQ57jC.jpeg
)
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार १५:९:५८
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
२७ साउन, कर्णाली । आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय उनको सोमबार वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित आफ्नै घरमा निधन भएको हो ।
जनता समाजवादी पार्टी (जसपा)का कर्णाली प्रदेश महासचिव रहनुभएका रोकाया सुर्खेतको प्रसिद्ध बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष र आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् अध्यक्षसमेत थिए । संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट सुर्खेत–२ बाट प्रत्यक्ष उम्मेदवार भएका थिए । उनकै अग्रसरतामा वीरेन्द्रनगर–६ मा बुद्ध सरोवर निर्माण प्रक्रिया शुरु भएको थियो ।
उनका सहकर्मी जीवनकुमार शाक्यले राजनीतिकर्मी, समाजसेवी, सफल व्यवसायीका रूपमा स्थापित रोकायाको निधनले जनजाति आन्दोलनमा ठूलो क्षति पुगेको बताए । “समाजका हरेक क्षेत्रमा सक्रिय उनी इमान्दार पनि त्यत्तिकै थिए ”, शाक्यले भने, “उनको नेतृत्व क्षमताकै कारण सुर्खेतमा आदिवासी जनजाति समुदाय एकताबद्ध रह्यो ।”
पाँच वर्षअघि कलेजो प्रत्यारोपण गरी निको भएका उनी पछिल्लो समय मुखको खटिरा क्यान्सरबाट ग्रसित थिए । क्यान्सर भएपछि रोकाया उपचार गरेर घरमै आराम गरिरहेका थिए । उनको सोमबार बौद्ध धर्म परम्पराअनुसार अन्त्यष्टि गरिएको छ । उनका दुई छोरा र एक छोरी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बूढानीलकण्ठबाट अनलाइन जुवा कारोबारमा सम्लग्न रहेको आरोपमा २४ भारतीय पक्राउ
फागुन ६, २०८१ मंगलबार
केआईआईटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही
फागुन ६, २०८१ मंगलबार
‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार
भारतका विश्वविद्यालयमा नेपाली विद्यार्थी असुरक्षित भएकै हुन् ?
फागुन ६, २०८१ मंगलबार