डोल्पामा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_DWPWCQ57jC.jpeg
)
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार १५:१८:५८
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
२७ साउन ,डोल्पा । हिमाली जिल्ला डोल्पामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ रसीका २० वर्षीय दीपक बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
वर्षाको समयमा घरको छत चुहिने भएकाले त्यसमा राख्ने माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर बुढाको मृत्यु भएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
दुई जना पुरिएको खबर प्राप्त हुनेबित्तिकै प्रहरी चौकी त्रिपुराकोटबाट प्रहरी खटाइएको थियो भने प्रहरी र स्थानीय मिलेर शव निकालिएको थियो । मृतक बुढासँगै गएकी अर्को ३९ वर्षीय कर्णबहादुर बोहोरा घाइते भएका छन् । उनको दायाँ खुट्टामा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बूढानीलकण्ठबाट अनलाइन जुवा कारोबारमा सम्लग्न रहेको आरोपमा २४ भारतीय पक्राउ
फागुन ६, २०८१ मंगलबार
केआईआईटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही
फागुन ६, २०८१ मंगलबार
‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार
भारतका विश्वविद्यालयमा नेपाली विद्यार्थी असुरक्षित भएकै हुन् ?
फागुन ६, २०८१ मंगलबार