जसपाले प्रयोग गरेको भाषा अशिष्ट र पूर्वाग्रही भएको प्रधानमन्त्री सचिवालयकाे टिप्पणी
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार १७:०:२१
२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खेद प्रकट गरेको छ । प्रधानमन्त्रीको सचिवालयले त्यसलाई कुण्ठाग्रस्त गालीगलोज र दिवालियापन भन्दै निन्दा गरेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार एक प्रेस नोट जारी गर्दै जसपाले प्रयोग गरेको भाषा शैलीलाई कुण्ठाग्रस्त गालीगलोज र दिवालियापनको संज्ञा दिएका छन् ।
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि यही साउन २५ गते जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको उल्लेख छ ।त्यसको दुई दिनपछि मंगलबार बिहान प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रेस नोट जारी गर्दै जनता समाजवादी पार्टीको विज्ञप्तिमा प्रधानमन्त्रीप्रति प्रयोग गरिएको भाषा निन्दनीय भएको उल्लेख गरेका छन् ।
पटक–पटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका व्यक्तिहरु कुण्ठाग्रस्त गालीगलौचमा उत्रिएको पनि प्रेस सल्लाहकारले आरोप लगाएका छन् । राजनीतिमा विवाद, मतभेद र असहमतिलाई स्वाभाविक मान्न सकिने उल्लेख गर्दै प्रेस सल्लाहकार थापाले जसपाले ‘अपसंस्कार’ देखाएको टिप्पणी गरेका छन् ।
राजनीतिमा दलहरुले आफ्ना धारणा र विमति प्रस्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न सक्ने उल्लेख गर्दै प्रेस सल्लाहकार थापाले भनेका छन्, ‘राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरुद्ध प्रयोग गरिने अपमानजनक तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भाषप्रति गम्भीर आपत्ति प्रकट गर्नैपर्छ । जो सभ्य समाजको मूल्य र मानकविपरीत रहेका छन् । तसर्थ: जसपाको औपचारिक विज्ञप्तिमा प्रयोग गरिएको भाषा निन्दनीय रहेकोतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
मंसिर ४, २०८१ मंगलबार
विद्युत् वितरण सुदृढीकरण परियोजनाको विकासका लागि जर्मनीले १ अर्ब ४६ करोड अनुदान दिने
मंसिर ४, २०८१ मंगलबार
धनकुटाको महालक्ष्मीमा रुखले किच्दा एक जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
विदेशीले नेपाल आएर १७ अर्ब ७२ करोड खर्च गर्दा नेपालीले विदेशमा सके ५५ अर्ब ७८ करोड
मंसिर ४, २०८१ मंगलबार