डान्सिङ शैलीकाे ‘नाँच माया’ बजारमा
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार १७:१४:३
२७ साउन, काठमाडौं । कोभिड १९ ले संसारै त्रास र स्तब्ध भएको बेला संगीत सिर्जनाका माध्यमले त्यसलाई बिर्साउँदै जनजीवन सामान्यतिर डो¥याउने प्रयास सांगीतिक क्षेत्रबाट भईरहेका सन्दर्भमा भर्खर मात्र एउटा नयाँ गीति कोशेली बजारमा आएको छ । श्रुति संगीत विद्यालयको प्रस्तुति रहेको सिर्जनाको बोल छ ‘नाँच माया’ गीतमा स्वर रमित थिङ ‘ज्याम्पा’ र अपेक्षा खनालको रहेको छ । ।
बहुआयामिक गायक तथा संगीतकार नरहरि प्रेमीको सङगीत एवं शव्द रहेको ‘नाच माया’ बोलको गीतमा फिचरिङ पनि स्वयम प्रेमीले नै गरेका छन् । पुर्णरुपले डान्सिङ शैलीमा तयार पारिएको यस गीतका गायक , गायिका दुवै नँया भएतापनि गीत सुन्दा पाको प्रस्तुति भेटिन्छ । नरहरि प्रेमीका यी शिष्यहरुले धेरैनै मिहेनत गरेको कुरा गीत सुन्नासाथ थाहा हुन्छ । त्यसो त गायक गायिकाको स्वरलाई क्षमता अनुसार मापन गरेर संगीत सिर्जना गर्न सिपालु संगीतकार प्रेमीले यो गीत पनि गायक गायिकाकै क्षमता अनुसार गीत तयार पारेका छन् ।
खासगरि किशोर किशोरी अनि युवा पुस्तालाई लक्षित गरि बनाईएको यस गीतको ¥यापले पनि गीतलाई आकर्षक बनाएको छ । जसलाई संगीतकार स्वयमले तयार पारेका हुन भने सोको गायन प्रस्तुति पनि स्वयम प्रेमीकै रहेको छ । गीतमा सकेसम्म केहि न केहि सन्देश हुनै पर्दछ , जसले समाजलाई सकारात्मक बाटोमा डो¥याउन सकोस भन्ने नरहरि प्रेमीको शव्द रचनाले गीतको हल्का फुल्का प्रकृति हल्का फुल्काजस्तो भान भएता पनि गीतलाई समग्र रुपले वजनदार तुल्याएको छ ।
बजाउना साथै नाँचिहाँलौझैँ लाग्ने नाँच माया गीतका एरेञ्जर भने लक्षु प्रकाश मल्ल हुन् । विग परिवेश स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ कार्य जीवन बडुले गरेका हुन् । पुष्पा पौडेलको निर्देशन र राज कुमारको सम्पादन रहेको गीतको भिडियो अति नै सामान्य खर्चमा तयार तयार गरिएको भएतापनि गीत नसकिँदासम्म दर्शक श्रोताको ध्यान भिडियोले केन्द्रित गराईरहन सक्ने देखिन्छ ।
यसै पनि गीतमा नरहरि प्रेमीको जबर्जस्त उपस्थितिले सिर्जना पनि जबर्जस्त हुन पुगेको छ भने गायक रमित थिङ र गायिका अपेक्षा खनालको स्वरको टोन सुन्दा भविष्यमा कुशल गायन प्रस्तोताका रुपमा स्थापित हुने कुरा पनि सहजै अनुमान लगाउन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार