कोभिड प्रयोगशालामा जनशक्तिको अभाव
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार २०:११:३८
२७ साउन, चितवन । चैतको अन्तिम साता हतारहतारमा स्थापना गरिएको भरतपुर कोभिड–१९ प्रयोगशाला व्यवस्थित गर्न नसक्दा समस्या देखिएको छ । भरतपुर अस्पतालको मातहतमा रहेको सो प्रयोगशाला तत्कालीन समयमा जस्तो अवस्थामा स्थापना गरियो हालसम्म उस्तै अवस्थामा रहेको छ ।
स्थापना ताका चौबिसै घण्टा काम गरेका प्राविधिक जनशक्तिले पछिल्ला दिनहरुमा एक सिफ्टमात्र काम गर्न थालेका छन् । यसका कारण नमूना सङ्कलन गरिएको एक साता नतिजाका लागि कुर्नुपर्ने भएको छ । जनशक्तिको अभावका कारण ढिलाइ भएको उनीहरुको भनाइ छ । प्रयोगशाला प्रमुख डा नीतु अधिकारी प्रयोगशालामा सातजना मात्र प्राविधिक जनशक्ति भएको बताए। तीमध्ये चारजना घाइते र बिरामी परेको उनको भनाइ छ ।
चिकित्सकले आराम गर्न भनिएका प्राविधिकहरुले समेत काम गर्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ । प्रयोगशाला स्थापना गर्दा जिल्लाका अस्पतालमा रहेका प्राविधिकहरुलाई नै जम्मा गरेर प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो । यसबीचमा खुल्ला प्रतिस्पर्धाबाट दुईजना प्राविधिक भर्ना गरेर चितवन मेडिकल कलेजका प्राविधिकलाई फिर्ता गरिएको छ । अहिले प्रयोगशालामा भरतपुर अस्पतालका चार, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका दुई र स्वास्थ्य कार्यालय चितवनका एकजना प्राविधिक कार्यरत छन् ।
अधिकारी यो जनशक्तिले एक सिफ्टमात्र काम गर्न सक्ने बताए । अहिले प्रयोगशालामा दैनिक ११५ हाराहारी नमूनाको परीक्षण हुने गरेको छ । यसका कारण नमूना पठाएकाहरुले नतिजाका लागि एक हप्ता कुर्नुपर्ने बाध्यता रहेको छ । उनले भने, “यही जनशक्तिले सधैँ २४ घण्टा काम गर्न सम्भव हुँदैन ।” हरेक शनिबार प्रयोगशालालाई बन्द गरेर निर्मलीकरण गरिँदै आएको छ । प्राविधिक जनशक्तिले हालसम्म अतिरिक्त प्रोत्साहन भत्ता पनि पाउन सकेका छैनन् । उनले थने, “भत्ताका कारण हामीले काम घटाएका छैनौँ । जनशक्तिकै अभावका कारण काम गर्न सकेनौँ ।”
स्थापनाको समयमा यही जनशक्तिले चौबिसै घण्टा काम गरेर ५७४ स्वाबको नतिजासमेत निकालेको उनले स्मरण गरे । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले यसअघि कर्मचारी भर्ना गर्दा वैकल्पिकमा रहेका तीनजना कर्मचारी थप गर्ने तयारी गरिएको बताए ।जनशक्तिकै अभावका कारण नमूनाको नतिजा निस्कन समस्या भएको भन्दै उनले अब दैनिक नतिजा आउने गरी प्रयोगशाला सञ्चालन गर्ने गरी तयारी गरेको बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जोखिम भत्ता आइनसकेको भए पनि अस्पतालका भत्ता पाउने सबै कर्मचारीलाई विकास समितिबाट पछि पूर्ति गर्ने गरी बजेट निकासा गराएर दुई महिनाको भत्ता दिन लागिएको बताए ।मन्त्रालयले रु दुई करोड ३२ लाख बजेट स्वीकृत गरिसकेको भन्दै उनले अस्पतालले रु चार करोड ५० लाख माग गरेको बताए । चैत २३ गतेबाट सञ्चालनमा आएको प्रयोगशालाले हालसम्म १३ हजार २०० नमूना परीक्षण गरिसकेको छ । यसमध्ये ४०० जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रयोगशालामा चितवनका अतिरिक्त देशका १८ जिल्लाका बिरामीको स्वाब परीक्षण गरिएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार