विश्व स्वास्थ्य संगठनले लेबनानमा स्वास्थ्य सहायता सामग्री पठायो
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार २०:२४:१५
२७ साउन,एजेन्सी । विश्व स्वास्थ्य संगठनले बेरुतमा १७ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सहायतासम्बन्धी सामग्री पठाइएको जनाएको छ । पछिल्ला केही दिनमा लेबनानले निकै ठूलो समस्याको सामना गरिरहेकोले मानवीय सहायता स्वरुप त्यहाँ ती स्वास्थ्य सामग्री पठाइदिएको जनाइएको छ ।
लेबनानको राजधानी बेरुतमा गत मंगलबार भएको शक्तिशाली विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यसैगरी सो विस्फोटले देशमा ठूलो जनधनको क्षति हुन पुगेको र सो कार्य वर्तमान सरकारको असक्षमताका कारण हुन पुगेको भन्दै लेबनानका नागरिकहरुले व्यापक रुपमा आक्रोश व्यक्त गरिरहेका छन् ।
उनीहरुले यहाँको सरकार र प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन पनि गरेका छन् । उनीहरुले लगातार दोस्रो दिनसम्म सोमबार पनि विरोध प्रदर्शन गरेका थिए । बेइरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको भनिएको एमोनियम नाइट्रेटका विस्फोट हुँदा त्यहाँका २०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने अरु हजारौँ जना घाइते भएका थिए ।
लेबनानमा एकातर्फ विस्फोटका कारण ठूलो जनधनको क्षति भएको छ भने अर्कातर्फ यहाँका नागरिकले सरकारका विरुद्धमा आन्दोलन शुरु गरेकोले अवस्था निकै अप्ठेरो भएकोले लेबनानलाई कोभिड १९ विरुद्ध लड्नका लागि सहयोगस्वरुप ती सामग्री पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानम गेब्रियोसले जनाएअनुसार दुबइमा रहेको विश्व स्वास्थ्य संगठनको भण्डारणबाट लेबनानमा सामग्री पठाइएको छ ।विश्व स्वास्थ्य संगठनले लेबनानमा पुगेर यहाँका नागरिकको कोभिड १९ बाट हुने संक्रमणको जोखिम कम गर्नका लागि पनि सहयोग गरिरहेको बताएको छ ।
उनले करिब १७ लाख अमेरिकी डलर बराबरका औषधी अन्य सामग्रीहरु पठाइएको जानकारी दिए । उनले अहिले लेबनानमा अप्ठेरो अवस्था आएकोले यस्तो बेलामा नागरिकको स्वास्थ्य जोखिममा नपरोस् भनेर उक्त सहायता पठाइएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार