सिंहदरबारको पूर्वीढोकामा स्यानिटाइजर बुथ स्थापना
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार २१:३७:१६
२७ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड–१९ महामारीको जोखिम बढेसँगै स्वास्थ्य सावधानी र सचेतना फैलाउन युवा समूह सक्रिय भएका छन् । कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको पूर्वी ढोका अनामनगरमा स्यानिटाइजरको व्यवस्था गरिएको छ ।
फिल्म वितरक तथा जागौँ युवा अभियानका अध्यक्ष करण श्रेष्ठको पहलमा पूर्वी ढोका परिसरमा स्यानिटाइजर बुथ रखिएको हो । उक्त बुथको आज एक कार्यक्रमबीच हास्य कलाकार दीपकराज गिरी, अनामनगर प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत, गुण सिनेमा प्रालिका सञ्चालक महेशप्रसाद किजु र अभियानका अध्यक्ष करन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।
सिंहदरबार परिसरमा आवतजावत गर्ने सर्वसाधरणले उक्त बुथबाट हात स्यानिटाइज गर्न सक्नेछन् । जागौँ युवा अभियानद्वारा अनामनगरमा वृक्षरोपनसँगै कोरोना भाइरसको जोखिम बढेसँगै मास्क वितरण र जनचेतना फैल्याउने काम भइरहेको छ । अभियानका अध्यक्ष श्रेष्ठले आफू रहने स्थल र टोलहरुमा सबैले यस्तै स्यानिटाइजर बुथको स्थापना गर्न सकिए कोरोनाको जोखिमलाई केही कम गर्न सकिने बताए । यस्ता अभियानमा युवापुस्तालाई प्रेरित गर्न लागिपरेको पनि उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
रामेछाप दुर्घटनामा वडा अध्यक्षसहित ५ जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
शिक्षकको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भीर
मंसिर १४, २०८१ शुक्रबार