बालाजु बाइपासका स्थानीयवासी कालोपत्रको माग राख्दै आन्दोलित
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार २३:३:४५
२७ साउन, काठमाडौं । सात वर्षदेखि हिलाम्मे सडक कालोपत्र गर्न माग गर्दै बालाजु बाइपासका स्थानीयवासी आन्दोलित भएका छन् । आज बालाजु बाइपासमा सडक विस्तारलाई तीव्रता दिन र तत्काल कालोपत्र गर्न माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।
स्थानीयवासीको जनभावनाअनुरुप सरकारले तत्काल काम अघि बढाउनुपर्ने माग गरिएको छ । स्थानीयवासी शङ्कर श्रेष्ठले सडक व्यवस्थित नहुँदा जीवनयापन असहज भएको बताए। उनाी भन्छन्, “हामीले धेरैपटक दबाब दिँदा पनि सरकारको कुनै ध्यानाकर्षण भएन ।” हिलाम्मे सडकका कारण बाइसधारामा आउने पर्यटकमा नकारात्मक प्रभाव परेको यहाँका अर्का स्थानीयवासी हरिदास थापाले बताए । “यो क्षेत्रको सडकको स्तरोन्नति गर्ने आश्वासन धेरै जनप्रतिनिधिले दिए तर उनीहरुले आफ्नो बाचा पूरा गर्न सकेनन्”, उनले भने ।
बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले हड्पेर बिना लालपुर्जा किनबेचसमेत गरिएको थियो । सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा बाँकी रहेको सार्वजनिक जग्गा हड्पेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो । एउटा भग्नावशेष घर बाँकी रहेकामा गत साता सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त भग्नावशेष हटाएर सडक विस्तार गरिरहेको छ । ती टहरामा बसिरहेकाले अनावश्यक विवाद निकालेको भन्दै स्थानीय सडक निर्माणका लागि आन्दोलनमा उत्रिएका हुन् ।
विसं २०१७ सम्म सार्वजनिक जग्गामा विद्यालय रहेको र सो विद्यालयपछि तरुण माविमा गाभिएपछि खाली रहेको सार्वजनिक जग्गा हड्पेर बसेकालाई सरकारले घरबापत आवश्यक मुआब्जा २०७१ सालमै दिइसकेको छ । मुअब्जा पनि लिने सार्वजनिक जग्गा पनि अझै आपूmहरुकै भएको भन्दै केही व्यक्तिले सडक निर्माणको विरोध गरिरहेका बेला बालाजु बाइपासमा वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।
हाल सडक विस्तारका लागि खनिएको जग्गामा कुनै बेला पाटी, विद्यालय रहेको र विभिन्न जिल्लाबाट काठमाडौं आउने सर्वसाधारण बस्ने गरेका थिए । बाटो विस्तारका क्रममा बाँकी रहेको भग्नावशेषका कारण बालाजुको उत्तरी क्षेत्रका सर्वसाधारणले वर्षौंदेखि सास्ती व्यहोर्दै आएका छन् । आफूहरुको समस्या समाधानका लागि सरकारले पहल गरे पनि सार्वजनिक जग्गा हड्पेका हुँदा अनावश्ययक दुःख दिएकाले आफूहरु सडकमा उत्रिएको स्थानीयवासीको भनाइ छ ।
बालाजु बाइपासको खराब सडकका कारण लामो समयदेखि बाइसधारा उद्यान र त्यहाँ रहेको वाटर पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि घटेको छ । ऐतिहासिक बाइसधारा पार्कलाई व्यवस्थित बनाउन र पर्यटकीय क्षेत्रमा आवागमन सहज बनाउनका लागि सार्वजनिक जग्गा हड्पेर बसेकालाई विस्थापन गराउनका लागि स्थानीयवासीले पटकपटक माग गर्दै आइरहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार