चियाको मूल्य चार गुणाले वृद्धि, श्रमिककाे सेवासुविधा भने उस्तै
नेपालबहस संवाददाता
साउन २८, २०७७ बुधबार १४:१:२०
◊ किरण पौड्याल
२८ साउन, इलाम । बगानमा कार्यरत आफूहरुलाई तोकिएबमोजिम ज्याला नदिएको र जोखिम मोलेर काम गर्दा सेवासुविधा नबढाएकामा चिया मजदूर रोजगारदाता-उद्योगीसँग असन्तुष्ट छन् । प्रत्येक दुई दुई वर्षमा ज्याला बढ्नुपर्ने प्रावधान भए पनि नियमानुसार उद्योगी नचलेको भन्दै श्रमिकले असन्तुष्टि पोखेका हुन् ।
“कोरोनाको यस्तो महामारीमा समेत चिया श्रमिकले जोखिम मोलेर काम गर्दै आएका छन् तर रोजगारदाताहरु संवेदनशील बनेकै छैनन्”, श्रमिकले निकालेको विज्ञप्तिमा भनिएको छ,“ चियाको मूल्य विगतको वर्षभन्दा चार गुणाले वृद्धि भएको छ तर हामीले पाउनुपर्ने सेवासुविधा भने उस्तै छ”, अखिल नेपाल चिया मजदूर सङ्घका अध्यक्ष सीता सापकोटाले भने ।
श्रम ऐन २०७४ को दफा १०६ मा प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्ने व्यवस्था छ । विसं २०७७ साउन १ देखि लागू हुने गरी चिया श्रमिकको पारिश्रमिक वृद्धि गर्नुपर्ने तथा पत्ती डबली समय अनुकूल वृद्धि गरिनुपर्ने व्यवस्था भए पनि अहिलेसम्म नियम कार्यान्वयनमा आएको छैन ।
विसं २०७५ साउन १ गतेदेखि वृद्धि भएको दैनिक रु १०७ बराबरको रकम २०७५ साउन १ देखि २०७६ चैत मसान्तसम्ममा भुक्तानी दिइ सक्ने भनी २०७६ वैशाख ३० गते सम्झौता भएकामा हालसम्म पनि नपाएको चिया श्रमिकको गुनासो छ । श्रमिकले नयाँ विषयका लागि रोजगारदातालाई ध्यानाकर्षण गराएको नभई कानूनअनुसार ज्याला दिन अनुरोध गरेको चिया श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले बताए ।
श्रमिकले अहिलेसम्म आफ्नै ज्यालाबाट सामाजिक सुरक्षा कर तिर्दै आएको भए पनि सूचीकृत नभएकाले त्यसबाट पाउने सेवासुविधासमेत नपाएको गुनासो गरेका छन् । आफूले तिरेको करबाट आएको सेवासुविधा पनि रोजगारदाताले नै लिने गरेपछि श्रमिक आक्रमक भएका हुन् । आफ्नो ज्यालाबाट तिरेको करबाट आउने सुविधा आफैलाई दिनुपर्नेसमेत श्रमिकले माग गरेका छन् ।
“ज्यालाबाट तिर्ने सञ्चय कोष हामी आफैँले पाउनुपर्छ’, सङ्घका केन्द्रीय अध्यक्ष तामाङले भने, “सञ्चयकोष पनि पाइँदैन भने कर तिर्नुको के अर्थ रह्यो र ? ” कोरोना महामारीका समयमा काम गर्दा आफूहरूलाई सतर्क रहने सामग्रीबाट समेत रोजगारदाताले वञ्जित गराएको श्रमिकको भनाइ छ । विश्वमै सङ्क्रमण रहेको कोरोनाको प्रभाव आफूमा पनि पर्ने भएकाले त्यसबाट जोगिन सामग्री उपलब्ध गराउन अनुरोध गर्दासमेत उद्योगीले नसुनेको श्रमिकको आरोप छ ।
नेपालमा व्यावसायिक चिया खेती शुरुभएदेखि नै श्रमिक र मालिकबीच टकराव शुरु भएको देखिन्छ । चियाको व्यावसायिक शुरुआत हुँदा त झन् पुरुष, महिला र बालबालिकामै पनि श्रममा विभेद देखिन्छ । श्रमिकले चिया बगानमा न्यूनतम ज्याला रु एकदेखि काम गरेको इतिहास छ । त्यसबेला महिला र पुरुषको ज्याला फरकफरक थियो ।
चियाको व्यावसायिक इतिहास हेर्दा श्रमिकले २०४७ सालसम्म दैनिक रु १७ ज्यालामा चिया बगानमा काम गर्थे । विसं २०४६/४७ को जनान्दोलनपछि चिया बगानका श्रमिकले पनि ज्याला वृद्धिको आवाज उठाउन थाले । उनीहरूले पहिलो पटक न्यूनतम ज्याला वृद्धिको माग राख्दै चिया मालिकसमक्ष मागपत्र बुझाएका थिए । मागपत्रपछि शतप्रतिशत वृद्धि भई उनीहरूको न्यूनतम ज्याला रु ३२ पुगेको थियो ।
यस्तै श्रमिकले प्रत्येक दुई दुई वर्षमा ज्याला वृद्धिको माग गर्दै मागपत्र बुझाउन थाले । मागपत्र नबुझाएसम्म रोजगारदाताले उनीहरूको न्यूनतम ज्याला वृद्धि गरेनन् । श्रमिकको मागपत्र तथा आन्दोलनका कारण २०४९ मा न्यूनतम ज्याला दैनिक रु ४० तोकियो । यसरी नै श्रमिकको ज्याला रु ५४, ६०, ७२, ९५, १०२, १२७, १४५, १५५, १७२, २०२, २२७, २५३ हुँदै २७८ पुग्यो ।
गत वर्षसमेत श्रमिकले आफ्नो ज्याला बढाउन माग गर्दै आन्दोलन गरेका थिए । तीन महीना लामो आन्दोलनपछि रोजगारदाताले श्रम ऐनअनुसारको ज्याला दिने भएपछि श्रमिक काममा फर्किएका थिए । रोजगारदाता –श्रमिक, रोजगारदाता –किसानबीचको असन्तुष्टिकै कारण वर्षेनी पटकपटक आन्दोलन हुने गरेका छन् । श्रमिक र किसानले आन्दोलन गरेपछि माग पूरा गर्ने बताइए पनि कार्यान्वयन भने खासै नभएको देखिन्छ ।रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार