पहिलो पटक सुनको भाउ भारी मूल्यले घट्याे
नेपालबहस संवाददाता
साउन २८, २०७७ बुधबार १७:३८:४
२८ साउन, काठमाडाैं । बुधबार सुनको भाउ ह्वातै घटेको छ । यसदिन सुनको भाउप्रति तोला ६ हजार २ सय रुपैयाँले घटेको हो । विगतमा बेस्सरी चुलिएको सुन अब घट्ने क्रममा लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोला २२५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार ६ सय रुपैयाँ थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १४ सय ३५ रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि भारी गिरावट आएको हो । भाउ अझै तल झर्न व्यवसायीहरुले अनुमान लगाउन थालेका छन् ।
कोभिड १९ विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मूल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार