मलामीको फोटो खिच्दा पत्रकारका परिवारजनमाथि हातपात ! प्रहरी भन्छन:- फोटो खिच्नु हुँदैन, एसपीले गाली गर्छ
नेपालबहस संवाददाता
साउन २८, २०७७ बुधबार १८:२:३७
◊ धीरुभाइ
२८ साउन सप्तरी । एक उच्श्रृंखल समूहले फोटो खिचेको आरोपमा सप्तरीका पत्रकार परिष कर्णको निवास पुगेर परिवारजनमाथि हातपात गरेका छन् । राजविराज नगरपालिका वार्ड नम्बर १ निवासी ४० वर्षीय निजामुद्दिनको अन्तिम संस्कार गर्न नजिकैको इदगाहा पु¥याउने क्रममा सयजना भन्दा बढी मलामी गएको देखेपछि नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ का सहसचिव समेत रहेका कर्णले सोमबार फोटो खिचेका थिए ।
कोरोना संक्रमणबाट जोगिन जिल्लामा निषेधाज्ञा लगाइएको समयमा ठूलो भीड देखेपछि आफूले फोटो खिचेको पत्रकार कर्णले बताए । फोटो लिएर फर्किएलगत्तै मलामी गएकामध्ये आठ-दश जनाको समूहमा आएकाे हुलले घरभित्र पसेर आमा र दुईजना भाइमाथि कुटपिट गरेको कर्णले जानकारी दिए ।
पत्रकार कर्णले नेपालबहससँग कुरा गर्दै भने, “नगर प्रहरीको टोली शहिले मेरो घर पुगेको थियो । किन फोटो खिचेको भनेर घरमा भन्यो, उनीहरु शोकमा थिए । फोटो खिच्न हुँदैन रे हामीलाई एसपीले गाली गर्छ । उनीहरुले घरबाट मेरो र भाइको नम्बर लिएर गए ।”
यसैबीच नेपाल प्रेस युनियन सप्तरीका सचिव शैलेन्द्र सिंहले एक प्रेस विज्ञप्ती जारी गरी घटनाको घोर निन्दा एवं भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन । त्यस्तै फोटो पत्रकार महासंघ सप्तरी शाखाले पनि एक प्रेस विज्ञप्ती जारी गरी सोमबार साँझ भएको सो घटनाप्रति शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।
शाखाका अध्यक्ष मनोजकुमार माझीद्वारा जारी विज्ञप्तीमा पत्रकारिता पेशाको निरन्तरताका क्रममा कानुन विपरीतका काम कारवाहीका फोटो खिच्न पाउनु पनि अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत नै पर्ने भएपनि फोटो खिचेकै आरोपमा पत्रकारको घरमा गई आक्रमण गर्नु अभिव्यक्ति स्वतन्त्रतामाथि कै प्रहार भएको बताएका छन ।
उक्त घटनाका दोषीलाई पत्ता लगाएर कारवाही चलाउन तथा पत्रकारको सुरक्षाप्रति गम्भीर हुन स्थानीय प्रशासनसँग जोडदार माग पनि गरेको छ ।
त्यसैगरी नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष पंकज श्रेष्ठले मंगलबारै एक विज्ञप्ती जारी गरी फोटो खिचेकै कारण पत्रकारसहित परिवारमाथि आक्रमण भएको घटना प्रेस स्वतन्त्रता बिरोधी रहेको ठहर गर्दै उक्त कार्यमा संलग्न व्यक्तिलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेकोे छ ।
यता सो सम्बन्ध बुझ्न मंगलबार वडा प्रहरी कार्यालय(नगर प्रहरी) को एक टोली पत्रकार कर्णको घर पुगेर भन्यो, किन फोटो खिचेको, उनीहरु शोकमा थिए, फोटो खिच्नु हुदैन रे, हामीलाई एसपीले गाली गर्छ । प्रहरीको यस्तो भनाइ पत्रकार कर्णले सार्वजनिक गरेपछि सप्तरीका पत्रकारहरु प्रहरीले पीडित पत्रकारलाई झन पीडा दिने काम गरेको भन्दै आलोचना गर्न थालेका छन् ।
प्रहरीले दोषीलाई कारबाही गर्नुको साटो पीडितलाई नै कति बेला, कस्तो फोटो खिच्नु पर्ने पाठ सिकाउने आशयको उक्त भनाईप्रति जिल्लाका पत्रकारहरु झन गम्भीर भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडा प्रहरी श्रीपुरको सक्रियतामा ३० लाखको अवैध खाद्यान्नसहित ट्रक पक्राउ
कात्तिक १, २०८१ बिहिबार
वर्तमान संविधान र लोकतान्त्रिक प्रणालीमा ‘कम्प्रोमाइज’ हुँदैन : प्रधानमन्त्री ओली
असोज ३०, २०८१ बुधबार
६९ औं प्रहरी दिवस सम्पन्न: शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण
असोज ३०, २०८१ बुधबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
१५ औँ महाधिवेशनमा सभापतिमा उठ्छु, ‘कन्फ्युजन’ मा नपर्नु होला : नेता कोइराला
कात्तिक २, २०८१ शुक्रबार
सिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि
कात्तिक २, २०८१ शुक्रबार
रवि लामिछाने पक्राउ बारे प्रहरीले सभामुखलाई दियो जानकारी
कात्तिक २, २०८१ शुक्रबार
अब के गर्छन सभामुख, के हुन्छ लामिछानेको सांसद पद
कात्तिक २, २०८१ शुक्रबार
रविको दोस्रो जेल यात्रा, सहकारीले बजायो घण्टी
कात्तिक २, २०८१ शुक्रबार
भुटानसँग बराबरीमा रोकियो नेपाल
कात्तिक २, २०८१ शुक्रबार