टिकटक तिज क्विन २०७७ मा २६ जनाको प्रतिष्पर्धा
नेपालबहस संवाददाता
साउन २८, २०७७ बुधबार १८:३३:५९
२८ साउन, ईटहरी । तीज नजिकिदै गर्दा तीजका गीतहरु धमाधम सार्बजनिक भैरहेका छन भने यता सामाजिक संजालबाट तिजका विभिन्न कार्यक्रमहरुको को आयोजना भैरहेको छ । यस्तैमा परिकला मिडिया प्राली तथा डिथ्री अनलाइनले पनि सामाजिक संजाललाई प्रयोग गर्दै तीजको फरक कन्सेप्टमा एक कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम सामाजिक संजाल मार्फत हुने एक प्रतियोगिता हो । ‘टिकटक तिज क्विन-२०७७’ नाम दिइएको उक्त प्रतियोगिताको यतिबेला २६ जना बिच प्रतिस्पर्धा भैरहेको कोओर्डिनेटर संगीता चौधरीले बताईन् ।
प्रतियोगितामा झुम्का सुनसरीबाट इजिना चौलागाईं, कालाबन्जार सुनसरीबाट ईशा परियार, ईटहरी सुनसरीबाट अज्लिना शर्मा, झुम्का सुनसरीबाट दीक्षा केसि, झुम्का सुनसरीबाटै रशु श्रेष्ठ, जुनु श्रेष्ठ, साईमा पौडेल, रेश्मा कट्वाल प्रतिष्पर्धामा रहेका छन् । त्यस्तै ईटहरी सुनसरीबाट मोनिका बोहरा, नम्रता निरौला, ईनरुवा सुनसरीबाट जिया खड्का, रिता श्रेष्ठ, ईटहरी सुनसरीबाट रस्मिता श्रेष्ठ, ईनरुवा सुनसरीबाट सन्ध्या चौधरी, हेटौंडाबाट देवि ढुङेल, ईटहरी सुनसरीबाट संगीता रेग्मी, ईनरुवा सुनसरीबाट भावना श्रेष्ठ, काठमाडौबाट एलिशा खत्री, ईनरुवा सुनसरीबाट सिर्जना पोख्रेल, ईटहरी सुनसरीबाट काब्या कार्की, ललितपुरबाट मन्जु मगर, ईटहरी सुनसरीबाट कृपा तामाङ, बिमिशा तामाङ, सन्ध्या मगर, ईनरुवा सुनसरीबाट रशु श्रेष्ठ र ईटहरी सुनसरीबाट कृन्जल बिष्ट प्रतिष्पर्धामा रहेका छन् ।
सम्पुर्णको नतिजा भदौको २ गते सार्बजनिक गरिनेछ भने १ गते राती ८ बजेसम्मको लाईक, शेयरर भ्युजलाई मात्र मान्यता दिइनेछ । कोरोनाको महामारी साम्य हुँदै गएपछि पुरस्कार बितरणको कार्यक्रम ईटहरीमै राखिने छ । यस कम्पनीले गत वर्षमा पनि फोटो प्रतियोगितालाई स्तरिय बनाउने उद्देश्य सहित तीजको अवसरमा फरक कन्सेप्ट अर्थात आयोजक कम्पनीले नै प्रोफेसनल फोटोसुट गरेर सोही फोटोको प्रतियोगिता गरेको थियो । यसवर्ष सो कन्सेप्टलाई अन्य केही कम्पनी तथा सस्थाहरुले पनि सुरु गरेको कारण यो पटक तिजकै अवसर पारेर फरक कन्सेप्टमा ‘टिकटक तिज क्विन-२०७७’को आयोजना गरेको प्रतियोगिताको ब्यवस्थापक तथा परिकला मिडिया प्रालीका प्रवन्ध निर्देशक सुवास श्रेष्ठ संकल्पले जानकारी गराए ।
बिजेताले नगद पुरस्कार संगै अन्य अफरहरु प्राप्त गर्नेछन् । बिजेताले १० हजार नगद, फर्स्ट रनरअपले ७ हजार नगद र सेकेन्ड रनरअपले ५ हजार नगद पुरस्कार पाउनेछन् । नगद संगै बिजेताहरुले प्रोफेसनल फोटोसुटको अफर पाउनेछन भने सोही फोटोसुटको तस्वीर सहित ३ जनाकै छुट्टा छुट्टै मिडिया न्युज कभरेज गरिनेछ । साथै अन्य गिफ्टहरु पनि प्राप्त गर्नेछन् । अन्य सम्पुर्ण सहभागीहरुले प्रमाणपत्र साथै मेकअप कोर्समा ५० प्रतिशत छुट पाउनेछन भने अन्य ‘बेस्ट डान्स’, ‘बेस्ट एक्सप्रेसन’, ‘बेस्ट क्वालिटी’ र ‘ब्युटी गर्ल’को अवार्डहरु पनि प्रदान गरिनेछ ।
फाईनल कार्यक्रमको लागि प्रमुख आकर्षणको रुपमा चर्चित बाल गायक तथा भारतिय च्यानलबाट प्रसारण हुने ख्यातिप्राप्त टिभी रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’का सेकेन्ड रनरअप प्रीतम आचार्यलाई फाईनल गरिएको छ । प्रतिष्पर्धीहरुको भिडियो ‘DThree Photography’ फेसबुक पेज मार्फत प्रतिष्पर्धा भैरहेको छ । जसमा प्राप्त लाईक तथा शेयरको आधारमा बिजेताहरु घोषणा गरिनेछ । कार्यक्रमको सहयोगीको रुपमा ‘श्रद्धा टुर एण्ड ट्राभल, हरियाणा’, ‘धरान स्टिल फेब्रीकेटर वर्क, धरान’, ‘कल्पना ब्युटी पार्लर, ईटहरी’, उत्सव होटल, ईटहरी र हिनाज ब्युटी पार्लर ईटहरी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई
असोज १७, २०८१ बिहिबार
प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार
भदौ २४, २०८१ सोमबार
पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक
साउन १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
राज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
असोज १८, २०८१ शुक्रबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
असोज १८, २०८१ शुक्रबार
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
असोज १८, २०८१ शुक्रबार
बाढीपहिरोबाट क्षति भएका जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा
असोज १८, २०८१ शुक्रबार
ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ: पर्यटमन्त्री पाण्डे
असोज १८, २०८१ शुक्रबार
सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस
असोज १८, २०८१ शुक्रबार
सर्लाहीको झाझ खोलामा डुबेर बालकको मृत्यु
असोज १८, २०८१ शुक्रबार