नेप्सेको वेभसाइटमा आज पनि समस्या, किन सुध्रिँदैन सिस्टम ?

नेपालबहस संवाददाता
साउन २८, २०७७ बुधबार २२:३८:३३

२८ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको वेभसाइटमा आज पनि समस्या देखिएको छ । पटक–पटक कारोबार समयमा होस् वा कारोबार समय अघि र पछि होस्, नेप्सेकाे सिस्टममा आउने समस्या सामान्य बनेकाे छ । नेप्सेमा समस्या आयाे नि ? भनेर कसैले साेध्याे भने, कर्मचारीकाे जवाफ हुन्छ :- “याे सिस्टम हाे । कहिले कहीँ समस्या आउँछ ।”
नेप्सेकाे वेभसाइटमा यसअघि पनि धेरै समस्याहरु आइरहने गरेको कुरा सबैकाे जानकारीमा छ । आज पनि वेभसाइटमा आएको समस्याबारे आईटी सेक्सनका एक महिला कर्मचारीले समस्या आएको तर वास्तविक समस्या भने बताउन नमिल्ले जानकारी नेपालबहस डटकमलाई दिइन् । उनले आधिकारिक सुचना नेप्सेका सुचना अधिकारीसँग माग्न सुझाव दिइन् ।
नेप्सेसँग सराेकार राख्नेले गर्ने साझा प्रश्न बनेकाे छ, नेप्सेकाे सिस्टममा बारम्बार आउने समस्या के हाे ? किन सुध्रिँदैन सिस्टम ? नेपाल स्टक एक्सचेञ्ज जतिकाे संस्थामा पनि हरेक पटक समस्या आउनु र त्यसकाे स्थायी समाधान नखाेजिनुलाई सामान्य विषय बनाउन नहुने सराेकारवालाकाे धारणा रहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन
फागुन ११, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार