नाफा कमाउने दाउमा भएको आक्रामक लगानीले बजारमा उत्साह थप्दै
नेपालबहस संवाददाता
साउन २८, २०७७ बुधबार २३:३३:१६
२८ साउन, काठमाडौं । आर्थिक वर्षको अन्त्यसँगै नेप्सेमा सुचीकृत संस्थाहरूले वित्तीय विवरण प्रकाशन गर्न थालेपछि लगानीकर्ताहरु नाफा बुक गर्न लागि परेका छन् । एकथरी लगानीकर्ताहरु नाफा बुक गर्ने सोचमा बजारमा पसिरहेका छन् भने अर्काथरी लगानीकर्ताहरु बढ्दो बजारमा थोरै थोरै नाफ बुक गर्दै बाहिरने तयारी गरिरहेको देखिन्छ । किनकि उनीहरु बजार घटाएर हैन बजार बढाएर बजारबाट बाहिरने दाउमा छन् ।
त्यसैको परिणाम स्वरुप बुधबार कारोबार खुलेको केहीसमय उकालो लय समातेको बजारले पाँच मिनेट नपुग्दै तिब्र गतिमा ओह्रालो यात्रा तय गर्यो । बजार १४२७ बिन्दू पुगेको बजार ११ः३३ बजे १४१३ बिन्दूमा आइपुग्यो । तर विस्तारै बजारमा खरिदकर्ताको चाप बढेपछि बजार सम्हालिँदै उकालो लाग्यो र अन्त्यमा नेप्से १.५१ अंकले बढेर १ हजार ४ सय २५ विन्दुमा बन्द भएको छ ।
अधिक शेयर काराेबार भएका कम्पनीहरू:
आज १८८ वटा कम्पनीको ३० लाख ३२ हजार कित्ता शेयर ९५ करोड १९ लाख रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये ४५ वटाको शेयर मूल्य बढेको छ भने ८५ वटाको घटेको छ। त्यस्तै १८ वटा कम्पनीको स्थिर रहेको छ। आजको कारोबारमा ६ समुहको सूचक उकालो लागेको छ । लगानीकर्ताहरु बैंक, बीमा र लघुवित्तका शेयरमा बढी आकर्षित छन्। । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ३९.०८ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक ३.८१ विन्दुले माथि लागेको छ । कारोबारमा साधना लघुवित्त र घलेम्दी हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आइएमई जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, नेपाल बंलादेश बैंक, युनाइटेड फाइनान्स लगायतको शेयर मूल्य बढेको छ ।
नाफा कमाउने कम्पनीहरू :
युनियन हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ६.५ प्रतिशतले घटेको छ । आँखु खोला हाइड्रोपावर, नेपाल फाइनान्स, गुँरास लघुवित्त तथा पोखरा फाइनान्स लगायतको शेयरमूल्य घटेको छ । सबैभन्दा बढी शेयर कारोबार युनाइटेड इन्स्योरेन्सको भएको छ । कम्पनीको ६ करोड १६ लाख ६० हजारको शेयर कारोबार किनबेच भयो ।
नेपाल पुर्नबीमा कम्पनीको ६ करोड ३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ३ लाख नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ७८ लाख, एनआइसी एशिया बैंकको ३ करोड ८७ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सको ३ करोड २७ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सको ३ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
घाटा व्यर्हाेर्ने कम्पनीहरू :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार