संकटको बेला चिकित्सकको प्रोपागाण्डा : सामुहिक राजीनामा प्रकरण
नेपालबहस संवाददाता
साउन २८, २०७७ बिहिबार १:५६:०
२८ साउन, वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत ३५० जना चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले सामुहिक राजीनामा दिएको भनेर बाहिरिएको खबर अफवाह र प्रोपागाण्डाको रुपमा प्रचार गराएको खुलेको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेट डा.मदन उपाध्यायलाई कोट गरेरै बाहिरिएको खबरमा कुनै सत्यता नरहेको अस्पतालमै कार्यरत चिकित्सक तथा कर्मचारीहरुको दावी छ ।
अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष सन्तोष सिंहले अस्पतालमा कार्यरत कुनै पनि स्वास्थ्यकर्मी र कर्मचारीले सामूहिक राजीनामा नदिएको स्पष्ट पारेका छन् । ‘अस्पतालका ३५० जना कर्मचारीले प्रमुख जिल्ला अधिकारी समक्ष सामुहिक राजीनामा दिएको भन्ने खबर आइरहेको छ,’ उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अस्पतालमा काम गर्ने उचित वातावरण मिलाउनका लागि दवावमुलक कार्यक्रम गर्ने भनिएको हो तर सामुहिक राजीनामा कसैले दिएको छैन, अहिलेको परिस्थितिमा हामीले त्यस्तो गर्न पनि हुँदैन ।’ उनले भने बाहिर आएको खबरमा कुनै सत्यता नभएको बताए ।
विभिन्न अस्पताल चहार्दाचहार्दै उपचार नपाएर मृत्यु भएकी वीरगञ्ज २ छपकैयाँकी विष्णु लामाका आफन्त र स्थानीयले गएको आइतबार नारायणी अस्पताल अगाडि प्रदर्शन गरेका थिए । त्यस क्रममा अस्पताल परिसरमा रहेको कोरोना बुथ र एकजना चिकित्सकको निजी कारमा क्षति पुगेको थियो । उपचार नपाएर मर्न विवश भएकी लामाको परिवारले गरेको प्रदर्शनलाई गलत देखाउन अस्पतालका केही चिकित्सकले राजीनामाको प्रोपागाण्डा चलाएको हुनसक्ने भन्दै सामाजिक सञ्जालमा प्रतिक्रियाहरु आईरहेका छन् ।
जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजेशमान सिंहले चिकित्सकका सामु राजीनामाको अस्त्र भएपनि उपचार नपाएका जनता कहाँ जाने भन्दै प्रश्न गरेका छन् । पछिल्लो ६ दिनयता वीरगञ्जमा उपचार नपाएर ४ जनाले ज्यान गुमाउनु परेको छ । ‘नागरिकले उपचार पाउने वातवरण बनाइए प्रशर्दन गर्ने दिन आउँदैन थियो’ सिंह भन्छन्, ‘अहिले संकटको बेला चिकित्सकले राजीनामाको स्टण्ड गर्नु उचित होइन ।
राजीनामाको विषयमा सामाजिक सञ्जालमा चिकित्सकहरुकै बिरोध हुन थालेपछि अस्पतालका एक चिकित्सकले अहिलेको जटिल अवस्थामा आफ्नो ज्यानै जोखिममा राखेर संक्रमितको उपचारमा खटिरहेको भए पनि आफूहरुलाई नै लक्षित गरेर प्रदर्शन भएको भन्दै आवश्यक सुरक्षाका लागि दवाव दिन मात्रै सांकेतिक राजिनामा दिएको प्रष्टिकरण दिनु परेको थियो । चिकित्सकको राजीनामाकै विषयमा पत्रकार क्रान्ति साह लेख्छन् ‘राजीनामा पनि मौखिक हुन्छ र ?’
यस्तै पत्रकार राम मेहताले पनि उपचार नपाएर दैनिक बिरामीले ज्यान गुमाइरहनु पर्दा डाक्टरहरुले भने राजीनामाको नौटंकी चलाएको बताए । उनी भन्छन्, ‘क्लिनिक गएर चलाउ, पैसा लिएर उपचार गर्ने बानी जो पर्या छ ।’ यस्तै पत्रकार अशोक तिवारीले पनि चिकित्सकले तर्साउनका लागि मात्रै राजीनामाको नौटंकी गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार