भारतमा एकै दिन ६७ हजार सङ्क्रमित, ९४२ जनाको मृत्यु !
नेपालबहस संवाददाता
साउन २९, २०७७ बिहिबार १८:३९:५८
२९ साउन, एजेन्सी । कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ । भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९९९ जना नयाँ सङ्क्रमित भेटिएका हुन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा कम्तीमा ९४२ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या ४७ हजार ३३ पुगेको छ ।त्यसैगरी भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २३ लाख ९६ हजार ६३८ पुगेको अधिकारीहरुले जनाएका छन् ।
तीमध्ये छ लाख ५३ हजार ६२२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १६ लाख ९५ हजार ९८२ जना सङ्क्रमणमुक्त भएका छन् । अधिकारीहरुका अनुसार सबैभन्दा धेरै महाराष्ट्रमा एक लाख ४७ हजार ८२० जना र दोस्रो धेरै आन्ध्र प्रदेशमा ९० हजार ४२५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।
यसैबीच कोरोना भाइरसका कारण विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या दुई करोडभन्दा बढी पुगेको छ । पछिल्लो विवरण अनुसार विश्वभरी दुई करोड एक लाख ६२ हजार ४७४ जना सङ्क्रमित भएका हुन् ।
कुल सङ्क्रमितमध्ये दुई लाख १४ हजार ९८५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका जनाइएको छ । त्यसैगरी चार हजार ८३५ जनाको सोही अवधिमा मृत्यु भएको छ । योसँगै विश्वभरी कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ३७ हजार ४१७ पुगेको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओले गत मार्च ११ देखि विश्वभरी कोरोना भाइरसको महामारी फैलिएको घोषणा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार