एनएलजी इन्स्योरेन्सको लिलाम सकार्ने आज अन्तिम दिन
नेपालबहस संवाददाता
साउन २९, २०७७ बिहिबार १८:४१:२७
२४ साउन, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलाम सकार्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सले संस्थापक समूहको ८१ हजार २२४.७५ कित्ता र सर्वसाधारण समूहको ७९ हजार ८५३.२५ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको हो । कुल १ लाख ६१ हजार ७८ कित्ता शेयर लिलामी भर्न कम्पनीले साउन २२ गतेबाट आवेदन खुल्ला गरेको थियो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ । यसअघि एनएलजीले असार ९ गतेबाट २५ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो ।
त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद शेयर नबिकेपछि बाँकी रहेको शेयर अहिले लिलामीमा ल्याइएको हो । यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर काठमाडौं र एनएलजी इन्सुरेन्सको केन्द्रीय कार्यालय लाजीम्पाट काठमाडौंबाट पनि ओदन दिन सकिनेछ ।
त्यसैगरी, लक्ष्मी बैंकको बिर्तामोड, जनकपुर, विराटनगर, नारायणगढ, हेटौंडा, बुटवल, पोखरा, वीरगञ्ज, बाग्लुङ, दाङ (घोराही), सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ । कोरोना महामारिबा बीच पनि उल्लेख्य मात्रामा लिलाम सकार्नका लागि फर्म माग भएको लक्ष्मी क्यापिटलले जनाएको छ । क्यापिटलले अपरान्ह ४ बजे सम्म आएका आवेदनलाई स्वीकार गर्ने जनाएको छ । त्यस पछि भने कुनै पनि आवेदन नलिने लक्ष्मी क्यापिटलले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार