प्रचण्डलाई फकाउँदै ओली
नेपालबहस संवाददाता
साउन २९, २०७७ बिहिबार २०:५९:३१
२९ साउन, काठमाडौं । नेकपाभित्रको चर्कंदो सत्तासंघर्ष उत्कर्षतर्फ उन्मुख भएकै बेला आज दुई अध्यक्षबीच संवादको श्रृँखला जोडिएको छ । आठ दिनयता ठप्प रहेको दुई अध्यक्षबीचको संवाद आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
हिजो साँझ एउटा टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले भदौ १ गते भित्र पार्टी एकता कायम हुने ठोकुवा गरको भोलिपल्टै दुवै अध्यक्ष छलफलमा जुटेका हुन् । तर कुन बुँदामा कसरी सहमति जुट्छ भनेर चाहिं प्रधानमन्त्रीले खुलाएका छैनन् । बालुवाटार निकट स्रोत भन्छ– प्रचण्डको महत्वाकांक्षालाई थोरै मात्र समाउन सक्दा समस्याको हल निस्कन सक्छ ।
यसका लागि ओलीले प्रचण्डसँगको संवादको श्रृँखला जोड्नै पर्ने बाध्यता थियो । त्यसैले आज बिहान ओलीले नै फोन गरेर प्रचण्डलाई वार्ता गर्न बालुवाटार डाकेका थिए । ओली चाहन्छन्– प्रचण्डलाई इन्गेजमा राखेर पार्टी र सरकारमा हालीमुहाली गरौंं । प्रकारान्तरले ओलीकै लाइनमा घटनाक्रम अगाडि बढिरहेको छ । पुुष्पकमल दाहाल प्रचण्डकै निकट साथीहरु अहिले माधव नेपालसँग हिमचिम बढाउने भन्दा ओलीसँगकै सहकार्यलाई बलियो बनाउँदा फाइदा हुने ठम्याईमा छन् ।
पूर्व माओवादी पक्षका प्रभावशाली नेताहरुको यस्तै भावना र सोचले ओलीसँग मिल्न प्रचण्डमाथि चर्काे दवाव परेको छ । त्यसैले पनि अहिले दुवै अध्यक्ष मिलेर जानुपर्ने बाध्यता रहेको छ । ओलीले पाँच दिन भित्रै पार्टी भित्रको विवाद मिल्ने दावी गरेका थिए । ओलीलाई प्रचण्डसँग मिलेरै अगाडि बढ्न उनी पक्षकै कतिपय नेताहरुले जोडबल गरेका छन् । गएको एक हप्तामा दुवै अध्यक्षबीच संवाद टुटेका बेला ओली निकट नेताहरु शंकर पोखरेल, सुभाषचन्द्र नेम्बाङ, विष्णु पौडेललगायतका नेता संवाद जोड्न सक्रिय रहे ।
उनीहरुकै पहलमा ओलीले आज बिहान प्रचण्डलाई छलफल गर्न बोलाएका हुन् । आजको छलफलमा ओलीले प्रचण्डलाई इन्गेज गराउने प्रस्ताव पेश गर्ने स्रोतको दावी छ । स्रोत भन्छ– अर्ली महाधिवेशनमा माधव समूहले रुची नदेखाएकाले निर्धारित तालिका अनुसार चैतमै गर्ने गरी छलफल केन्द्रित हुनेछ । साथै, चैत २५–३० गतेसम्म गर्ने भनिएको एकता महाधिवेशन आयोजक कमिटी तत्कालै गठन गरिने छ ।
उक्त आयोजक कमिटीको संयोजकमा प्रचण्ड रहने गरी ओलीले प्रस्ताव गरेको स्रोतको दावी छ । तर प्रचण्डले यो प्रस्तावबारे अन्य नेताहरुसँग पनि छलफल गर्नुपर्ने बताएका थिए । यसका लागि स्थायी कमिटी बैठकले नै निर्णय गरोस् भनी प्रचण्डले प्रस्ताव गरेको स्रोतको भनाई छ । तर ओली भने अब गर्ने निर्णय सचिवालय बैठकमा मात्रै हुनुपर्ने शर्त राखेको पनि स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
युक्रेनमा पुनः रूसी हमला एक जना बालकसहित सात जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार